पर्सा : मृतक मुकेश चौरसियाको जाहेरी दर्ता गराउन नेकपाको तश्रो दिन पनि प्रदर्शन

,   लिम्बुवान न्युज
                       

पर्सा। मृत्यूको तिनदिन वितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका सचिव मुकेश चौरसियाको सब उठनसकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लन व्यत्तिहरुको जाहेरी दर्ता नगरेको कारण तिन दिन देखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन समेत गरिएको छ ।

विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले आइतवार पनि प्रर्दशन गरेका छन् । सरकार तथा प्रहरीको बिरोधमा चर्को नारावाजी गर्दै जाहेरी दर्तागर्न मागं समेत गरिएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई ओलीले बचाउन खोजेको भन्दै प्रचन्ड र माधव पक्षघर जिल्लाका नेता तथा कार्यकर्ताहरु घटनाका मुख्य योजनाकार पुर्व सांसद राजकुमार गुप्ता सहित सम्लग्न व्यक्तिहरुको जाहेरी दर्ता गर्न मागं गर्दै प्रदर्शन गरेका हुन् । पुर्व सांसद राजकुमार गुप्ताको नाउ हटाए मात्र कर्तव्यज्यान मुद्दा जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गगां पन्थले अडान लिएपछि विवाद बढ्दै गएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले शनिबारनै मुद्दा दर्तागर्ने सहमति भइसकेपनि प्रहरी उपरिक्षक गंगा पन्थले के कारण आइतवारसम्म मुद्दा दर्ता नगरेको भन्दै आश्चरय व्यक्त गर्नुभयो ।

नेपाल कम्यनिष्ट पार्टिका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, पुर्व सांसद बिचारी यादव, बालगोपाल थापा, गाउँपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;