संघीय लेखक मञ्च गठन, अध्यक्षमा मधु केरुङ् सर्वसम्मत

 लिम्बुवान न्युज
                       

पाँचथर। पहिचान, अस्तित्व र सामाजिक न्यायको लागि कमल चलाउनेहरुको साझा मञ्चको रुपमा शनिबार जुम मार्फत संघीय लेखक मञ्च गठन भएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली साहित्यमा विभिन्न वादको आन्दोलन भएका छन् । तर अझै पनि नेपाली साहित्य प्रतिको दृष्टिकोण संकुचित र परम्परावादी छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेतापनि साहित्य र लेखक(साहित्यकार)लाई गर्ने व्यवहार एकात्मक केन्द्रीकृत शैलीको भएको हुँदा नेपालको सबै समुदायको भाषा र वाङ्मयलाई संरक्षण र विकास गर्न सात प्रदेश अवैज्ञानिक भएको भन्दै संविधान संशोधन गरेर १०+१ प्रदेश निर्माण गरेर सबै जातीको भाषा र साहित्यको विकास गर्न यो मञ्च गठन गर्न आवश्यक ठानेर प्राध्यापक मधु केरुङकाे अध्यक्षतामा २७ सदस्यीय लेखक मञ्च गठन भएको विज्ञप्तिमा उल्लेख भएको छ ।

पहिचानवादी नेता तथा साहित्यकार कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा पहिचान पक्षको कलम चलाउने श्रष्टाहरुको जुम भेला गरी समिति गठन गरिएको जनाइएको छ ।

समितिको उपाध्यक्षहरुमा सीता पिरती, पुष्पहाङ लोवा, महासचिव जितेन पन्धाक, उपमहासचिव डिकध्वज लाओती, सचिव इक्साहाङ चेम्जोङ, कोषाध्यक्ष जितेन अधिकारी, सदस्यहरुमा क्रमशः केजी सुब्बा, सेलीङ केसी, विक्रम वनेम फागो, साम्जिरी सेर्मा, मुक्साम लाओती, सन्देश सुब्बा, मौलश्री लिम्बु, बलिन्द्र बाबु, निशा लोवा, डिम्पल वनेम, रचना लाओती, राज मावो, कल्पना लिङ्देन, कुमारी चेम्जोङ, कुबेर मृदुल, कविन तुम्बापो, मचिन्द्र लोवा, मातृका नेम्बाङ, मञ्जु इवारम र प्रेमा हाङसरुम्बा रहेका छन् ।

सो कार्यक्रमले सल्लाहकारहरुमा येहाङ लाओती, हरि चोङवाङ, सेसेमी से नाल्बो, भवानी तावा र राज माङ्लाकलाई चयन गरेको छ ।

त्यसैगरी ताप्लेजुङ् जिल्ला संयोजकमा लेकाली कान्छा मुक्कुम, सहसंयोजकमा सन्देश पाखे, पान्थर जिल्ला संयोजक मन कुमार तुम्रोक, सहसंयोजकमा इन्दिरा नेम्बाङ, इलाम जिल्ला संयोजकमा सुमन लिङ्देन, सहसंयोजकमा सन्जित फलानो, तेह्रथुम संयोजकमा नरेन्द्र खापुङ, सहसंयोजक पर्शु हाङस्रोङ, झापा संयोजक अभिषेक नेम्बाङ (विद्रोही कलम), सहसंयोजकमा मञ्जु थेगीम, मोरङ संयोजक गगन योक्पाङदेन, सहसंयोजक निर्मल कुलुङ, धनकुटा संयोजकमा रियाद जवेगु, उपत्यकामा संयोजक सुनिल आङ्बो, सहसंयोजक उत्तम लिम्बु रहेका छन् भने प्रवास मलेशिया संयोजकमा जनम लिङदम, सहसंयोजक सुजन सेरेङ र साउदी संयोजकमा सुमन सहयात्री रहेका छन् । अन्य जिल्लाहरू र प्रवासहरूमा संयाेजकहरू ताेक्दै जाने समेत बताइएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...