संघीय लेखक मञ्च गठन, अध्यक्षमा मधु केरुङ् सर्वसम्मत

 लिम्बुवान न्युज
                       

पाँचथर। पहिचान, अस्तित्व र सामाजिक न्यायको लागि कमल चलाउनेहरुको साझा मञ्चको रुपमा शनिबार जुम मार्फत संघीय लेखक मञ्च गठन भएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली साहित्यमा विभिन्न वादको आन्दोलन भएका छन् । तर अझै पनि नेपाली साहित्य प्रतिको दृष्टिकोण संकुचित र परम्परावादी छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेतापनि साहित्य र लेखक(साहित्यकार)लाई गर्ने व्यवहार एकात्मक केन्द्रीकृत शैलीको भएको हुँदा नेपालको सबै समुदायको भाषा र वाङ्मयलाई संरक्षण र विकास गर्न सात प्रदेश अवैज्ञानिक भएको भन्दै संविधान संशोधन गरेर १०+१ प्रदेश निर्माण गरेर सबै जातीको भाषा र साहित्यको विकास गर्न यो मञ्च गठन गर्न आवश्यक ठानेर प्राध्यापक मधु केरुङकाे अध्यक्षतामा २७ सदस्यीय लेखक मञ्च गठन भएको विज्ञप्तिमा उल्लेख भएको छ ।

पहिचानवादी नेता तथा साहित्यकार कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा पहिचान पक्षको कलम चलाउने श्रष्टाहरुको जुम भेला गरी समिति गठन गरिएको जनाइएको छ ।

समितिको उपाध्यक्षहरुमा सीता पिरती, पुष्पहाङ लोवा, महासचिव जितेन पन्धाक, उपमहासचिव डिकध्वज लाओती, सचिव इक्साहाङ चेम्जोङ, कोषाध्यक्ष जितेन अधिकारी, सदस्यहरुमा क्रमशः केजी सुब्बा, सेलीङ केसी, विक्रम वनेम फागो, साम्जिरी सेर्मा, मुक्साम लाओती, सन्देश सुब्बा, मौलश्री लिम्बु, बलिन्द्र बाबु, निशा लोवा, डिम्पल वनेम, रचना लाओती, राज मावो, कल्पना लिङ्देन, कुमारी चेम्जोङ, कुबेर मृदुल, कविन तुम्बापो, मचिन्द्र लोवा, मातृका नेम्बाङ, मञ्जु इवारम र प्रेमा हाङसरुम्बा रहेका छन् ।

सो कार्यक्रमले सल्लाहकारहरुमा येहाङ लाओती, हरि चोङवाङ, सेसेमी से नाल्बो, भवानी तावा र राज माङ्लाकलाई चयन गरेको छ ।

त्यसैगरी ताप्लेजुङ् जिल्ला संयोजकमा लेकाली कान्छा मुक्कुम, सहसंयोजकमा सन्देश पाखे, पान्थर जिल्ला संयोजक मन कुमार तुम्रोक, सहसंयोजकमा इन्दिरा नेम्बाङ, इलाम जिल्ला संयोजकमा सुमन लिङ्देन, सहसंयोजकमा सन्जित फलानो, तेह्रथुम संयोजकमा नरेन्द्र खापुङ, सहसंयोजक पर्शु हाङस्रोङ, झापा संयोजक अभिषेक नेम्बाङ (विद्रोही कलम), सहसंयोजकमा मञ्जु थेगीम, मोरङ संयोजक गगन योक्पाङदेन, सहसंयोजक निर्मल कुलुङ, धनकुटा संयोजकमा रियाद जवेगु, उपत्यकामा संयोजक सुनिल आङ्बो, सहसंयोजक उत्तम लिम्बु रहेका छन् भने प्रवास मलेशिया संयोजकमा जनम लिङदम, सहसंयोजक सुजन सेरेङ र साउदी संयोजकमा सुमन सहयात्री रहेका छन् । अन्य जिल्लाहरू र प्रवासहरूमा संयाेजकहरू ताेक्दै जाने समेत बताइएकाे छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...