शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक अनावरण गरिन्दै

,   लिम्बुवान खबर
                       

दमक।झापाको कमल खोला किनार पूर्व पश्चिम लोकमार्ग देखि २ सय मिटर उत्तरमा शसस्त्र प्रहरीको गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’ २०६४ असोज २० गते शहिद भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान मञ्च मातहतका लिम्बुवान भोलेन्टियर्स (एल.भी.) भएर नेपालको ऐतिहासिक प्रथम संविधानसभाको चुनाव पूर्ण समानुपातिक प्रणालीको आधारमा हुनु पर्छ भन्ने अनिश्चितकालिन आमहड्तालको क्रममा आङ्देम्बेलाई गोली लागेको थियो ।

संघीय गणतान्त्रिक मोर्चाले समानुपातिकको मुद्दासँगै मूलत पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्तहरु लिम्बुवान, खम्बुवान/किरात, तामाङ्सालिङ, नेवाः, मधेश, तामाङ्सालिङ्, शेर्पा, थरुहट, मगरात, खसान र दलित शिल्पी प्रान्त स्थापनाको निमित्त पनि संघर्ष गरेको थियो ।

पूर्वमा अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु पर्छ भनी शुरु भएको लिम्बुवान आन्दोलनमा हजारौं युवाहरु लिम्बुवान भोलेन्टियर्स भएर लडिरहेको बेला आङ्देम्बे शसस्त्रको गोलीबाट ढल्न पुगेका थिए । चुलाचुली, इलाममा जन्मिएका आङ्देम्बेलाई आधुनिक लिम्बुवानका प्रथम राष्ट्रिय शहिद पनि भन्ने गरिएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहिद घोषणा गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ प्रदान गरेको छ ।

शहिदको सम्मानमा चुलाचुली १, कमलमा पूर्णकदको शालिक निर्माण भईरहेको छ । शालिक निर्माणलाई अन्तिम रुप दिदै आगामी असोज २० गते अनावरण गर्ने कार्यक्रम रहेको र शालिक निर्माण अन्तिम चरणमा पुगेको शालिक निर्माण समितिका संयोजक कुमार तुम्बापोले बताएका छन् । शालिक निर्माणको निमित्त देश विदेशबाट आर्थिक सहयोग प्राप्त भईरहेको उक्त शालिक निर्माणमा करिब १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने समितिका कोषाध्यक्ष संगीता थलङ्ले बताएकी छन् ।

शहिद राजकुमार आङ्देम्बे माङ्तोकको रगतको सम्मान गर्दै लिम्बुवान र सरकार बिच २०६४ फाल्गुन १८ गते ५ बुँदे सहमति भएको र सोही सहमतिलाई टेक्दै ऐतिहासिक पहिलो संविधानसभाको चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ऐतिहासिक पहिलो संविधानसभाको चुनावमा भाग लिए शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताए ।

शालिक अनावरण कार्यक्रममा सुनसरी, झापा, मोरङ्, इलाम लगायतका जिल्लाहरुबाट उपस्थिति हुने जनाइएको छ ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;