रेशम चौधरीको रिहाइ लागि जसपाले देशभर अभियान चलाउने

 लिम्बुवान न्युज
                       

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को बुधबार सकिएकाे बैठकले  टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ ।

जसपाले केन्द्रीय समिति ८ सय १ सदस्यीय बनाउने भएको छ । मंगलबार ललितपुरमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी केन्द्रीय समितिमा ८ सय १ सदस्य रहने निर्णय गरेको हो ।

यसअघि केन्द्रीय समिति ७ सय १ सदस्यीय थियो । याे संगै अब केन्द्रीय समितमा  १ सय नयाँ अनुहार थपिने भएकाे हाे ।

जसपाकाे दुइ दिनसम्म बसेकाे बैठकले संघीय परिषद् गठन गरेको छ । जसको अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिइएको छ । संघीय परिषद केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हुने व्यवस्था छ हुँदा अब भने भट्टराईको वरियता पहिलो नम्बरमा हुनेछ ।

जसपाको केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने पहिल्यै तय भएको थियो ।
अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।

जसपाका नेता हेमराज राईका अनुसार बैठकले पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको समायोजन आगामी मंसिर मसान्तसम्ममा गरिसक्ने निर्णय पनि गरेको छ । जसका लागि कार्यदल गठन गरिएको छ ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिन हिजो नै सरकारले सांसदहरुलाई दिएको दसैं भत्ता सधैंका लागि खारेज गर्न सरकारसँग माग गर्ने र भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो भने कोरोनाको परीक्षण र उपचार संविधानको धारा ३५ अनुसार निःशुल्क गर्नुपर्ने निर्णय समेत जसपाले गरेकाे छ ।

विगतमा नेता चाैधरीकाे रिहाइकाे लागि पहिचानवादी दल संघीय लाेकतान्त्रिक राष्टिय मञ्च लगायतका अन्य साना दलहरूले समेत राज्यसँग पटकपटक रिहाइकाे माग गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...