मुक्कुमलुङ केलाङ निङवासो पार्कमा निर्मित “के” को समुद्घाटन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) परिसरमा निर्मित लिम्बू समुदायको साँस्कृतिक बाजा च्याब्रुङ (केः) स्तम्भ निर्माण कार्य सम्पन्न गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा मुक्कुमलुङ केलाङ निङ्वासो पार्कमा निर्मित च्याब्रुङ स्तम्भको उदघाटन किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनद्वारा आईतबार गरिएको हो । उदघाटन कार्यक्रममा लिम्बू कलाकारहरुको केःलाङ पनि प्रस्तुत गरिएको थियो ।

प्रबासमा बसेर पनि आफ्नो पहिचान, समुदाय र संस्कृतिलाई संरक्षण गर्नको लागि कियाचु जापनले ३ वर्षअघिदेखि केः स्तम्भ निर्माणको शुरुवात गरेको थियो । केः स्तम्भ निर्माणको लागि कियाचु जापानले, अन्य देश, कतार, ब्रुनाइ, इजरायल र हङकङको चुम्लुङसँग पनि सहकार्य गरेको थियो ।

कियाचु ताप्लेजुङ, सुमन लेछर्बो, कियाचु जापानका महासचिब लक्ष्मीहाङ आङ्बो, कियाचु प्रदेश र कियाचु केन्द्रीय समितिको बिशेष भूमिकामा उक्त केः स्तम्भ निर्माण कार्य सम्पन्न भएको कियाचु ताप्लेजुङ सचिब इन्दिरा मेन्याङबोले बताइन् ।

३ हजार ८ सय मीटरको उचाईमा बनाईएको ‘के’ः स्तम्भले समग्र नेपालीमा भातृत्व कायम गर्ने र लिम्बू समुदायको पहिचानको कोशेढुंगा हुने बिश्वास गरिएको छ । बिगत लामो समयदेखि मुक्कुमलुङ बचाऔं आन्दोलन पनि यस क्षेत्रमा स्थानीयले गर्दै आएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;