मुक्कुमलुङ केलाङ निङवासो पार्कमा निर्मित “के” को समुद्घाटन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) परिसरमा निर्मित लिम्बू समुदायको साँस्कृतिक बाजा च्याब्रुङ (केः) स्तम्भ निर्माण कार्य सम्पन्न गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ जापानको सहयोगमा मुक्कुमलुङ केलाङ निङ्वासो पार्कमा निर्मित च्याब्रुङ स्तम्भको उदघाटन किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनद्वारा आईतबार गरिएको हो । उदघाटन कार्यक्रममा लिम्बू कलाकारहरुको केःलाङ पनि प्रस्तुत गरिएको थियो ।

प्रबासमा बसेर पनि आफ्नो पहिचान, समुदाय र संस्कृतिलाई संरक्षण गर्नको लागि कियाचु जापनले ३ वर्षअघिदेखि केः स्तम्भ निर्माणको शुरुवात गरेको थियो । केः स्तम्भ निर्माणको लागि कियाचु जापानले, अन्य देश, कतार, ब्रुनाइ, इजरायल र हङकङको चुम्लुङसँग पनि सहकार्य गरेको थियो ।

कियाचु ताप्लेजुङ, सुमन लेछर्बो, कियाचु जापानका महासचिब लक्ष्मीहाङ आङ्बो, कियाचु प्रदेश र कियाचु केन्द्रीय समितिको बिशेष भूमिकामा उक्त केः स्तम्भ निर्माण कार्य सम्पन्न भएको कियाचु ताप्लेजुङ सचिब इन्दिरा मेन्याङबोले बताइन् ।

३ हजार ८ सय मीटरको उचाईमा बनाईएको ‘के’ः स्तम्भले समग्र नेपालीमा भातृत्व कायम गर्ने र लिम्बू समुदायको पहिचानको कोशेढुंगा हुने बिश्वास गरिएको छ । बिगत लामो समयदेखि मुक्कुमलुङ बचाऔं आन्दोलन पनि यस क्षेत्रमा स्थानीयले गर्दै आएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;