लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः टंक खापुङ् निर्वाचित

,   लिम्बुवान न्युज
                       

बेलालयत(यूके) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति यूकेको तेस्रो महाविधेशनले पुनः टंक खापुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार ९ अक्टोवरका दिन सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा खापुङलाई नै जिम्मेवारी जिएको हो ।

बेलायतको फेल्टाम कम्यूनिटी कलेजमा भएको महाधिवेशनले उपाध्यक्षहरुमा रुपमान कुरुम्बाङ, कुलद्विप राई, नरबहादुर कुरुम्बाङ, कृष्णप्रसाद लिङ्देन, हर्कजङ् कुरुम्बाङ, तेज लावती र कृष्णकुमार कुरुम्बाङ्लाई निर्वाचित गरेको छ । त्यसैगरी महासचिवमा राम इजम, उपमहासचिवमा लाल लिङ्देन निर्वाचित भएका छन् ।

यसैगरी सचिवहरुमा दिल तुम्बाहाङ्फे, शेरबहादुर इङ्नाम, किशोर तिलिङ् चोङ्बाङ, दल योङ्या र दिपा आङ्बुहाङ निर्वाचित भएका छन् । मञ्चको अर्थसचिवमा तिल तावा र सह–अर्थसचिवमा धनबहादुर माबोले जिम्मेवारी पाएका छन् । त्यसैगरी अन्य सदस्यहरु समेत निर्वाचित भएका छन् भने सबै शाखाहरुबाट मनोनित गरेर समितिलाई पूर्णता दिईने महाधिवेशन स्रोतले जनाएको छ ।

कार्यक्रममा मञ्चका नेता देवी तुम्बाहाम्फे र चुणमणि तुम्बाहाम्फेको उपस्थिति रहेको थियो । अध्यक्ष टंक खापुङ्को सभाध्यक्षतामा भएको कार्यक्रमलाई उपाध्यक्ष शर्मिला यक्सोले स्वागत गरेकि थिइन् भने कार्यक्रम महासचिव राम इजमले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;