लिम्बुवान मञ्च म्याङलुङ ८ को अध्यक्षमा थमन लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १३ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित अधिवेशनले थमन लिम्बुको अध्यक्षतामा २९ सदस्य कार्य समिति गठन गरिएको हो ।

आज आयोजित उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुल बहादुर लिम्बु, उपाध्यक्षहरुमा मन कुमार लिम्बु, राकेश लिम्बु, सचिवमा भक्तहाङ लिम्बु, सह–सचिवमा सन्जिव लिम्बु र अर्थसचिवमा सिला लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा रोहित लिम्बु, अजय लिम्बु, निसा लिम्बु, नविन लिम्बु, सीता लिम्बु, नगिन लिम्बु, सुखशान्ति लिम्बु, युकेश लिम्बु, समिर लिम्बु, सुरेश लिम्बु, नरेन्द्र लिम्बु, केशरमान लिम्बु, शुक्रराज लिम्बु, खड्क बहादुर लिम्बु, सञ्जय हाङलिम्बू, अनिता लिम्बु, हिमाल लिम्बू, इक्साहाङ लिम्बु, केक्बेहाङ लिम्बु, नरेन्द्र लिम्बु, सलुहाङ लिम्बु र विजय कुमार लिम्बु रहेका छन् ।

मञ्चका जिल्ला अध्यक्ष विजय निङलेखुका अनुसार सोमबार म्याङलुङ नगरको अधिवेशन तथा कार्यालय उदघाटन कार्यक्रम रहेको बताएका छन् । कार्यक्रममा नगरका सबै वडाहरुमा प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...