चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

,   लिम्बुवान न्युज
                       


इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्तिराज राई, सचिवमा सीता दर्नाल, सहसचिवमा शिव सेरेङ र अर्थसचिवमा देवी कुमारी देवानलाई चयन गरेको हो छ । यसरी नै समितिको सदस्यहरुमा दुर्गा योङया, घनेन्द्र केरुङ, बुद्ध योङया, अवि फागु, ऋषि थुलुङ, सुरज फागो, तेज बहादुर सम्बाहाम्फे र आइन्द्र लावतीलाई निर्वाचित गरेको छ ।

कार्यक्रम मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता र संघीय महासचिव अशोक चेम्जोङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी उक्त कार्यक्रममा प्रान्तीय नेताहरु थाङसाङ लावती, दिलकुमार लावती, विष्णुमाया थापा, पूर्ण लावती, दिपक योङहाङ लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;