राष्ट्रिय शहिद माङतोकको १५औं स्मृति दिवस मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, २१ असोज । लिम्बुवान आन्दोलनको क्रममा २०६४ असोज २० गते शहादत्ता प्राप्त गर्नुहुने शहिद राजकुमार आङदेम्बे माङतोकको १५औं स्मृति दिवस मनाइएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमलस्थित सानो केर्खा समाधिस्थलमा झापा, मोरङ र इलाम जिल्ला लगायतबाट उपस्थितभई विहिबार मनाइयो ।

प्रतिष्ठानका उपाध्यक्ष जीत कुमार आङदेम्बेको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको उक्त कार्यक्रममा लिम्बुवान मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, लिम्बुवान नेता सुर्य योक्पाङदेन र चुलाचुली १ का निर्वाचित वडाध्यक्ष तथा लिम्बुवानका सचिवालय सदस्य पूर्ण लावती धूवले शहिद माङतोकको जिवनी बारे चर्चा गर्नुभएको थियो ।

लिम्बुवान मञ्चका उपाध्यक्ष थाङहाङ लावती, विष्णुमाया थापा, संघीय सहसचिव नन्दु मेन्याङबो, संघीय सचिवालय सदस्य बलनाथ नाल्बो, एविश्चा लाबुङ, लिम्बुवानका नेताहरु कविन्द्र सेर्मा, मनकुमार थलङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डरहरु बसन्त सुब्बा र मण्डेम लिम्बुले विशेष सहजीकरण गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका महासचिव दिलकुमार लावतीले संचालन गरेको थिए ।

उक्त कार्यक्रममा समाथिस्थल पून निर्माणको लागि सुर्य योक्पाङदेनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यहरुमा बसन्त सुब्बा, दिलीप खजुम, शुक्रर लावती (जम्मू) र दुर्गा चेम्जोङ रहेको प्रतिष्ठानका महासचिव लावतीले बताए ।

यसरी नै माङतोकको चुलाचुली १ स्थित निर्मित शालिकमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा खादा अर्पण गर्दै शहिद माङतोकको सम्मान गरिएको छ । उक्त कार्यक्रममा मञ्चका सल्लाहकार विक्रम वनेम लगायत नेताहरुको उपस्थिति रहेको थियो । यसरी नै विहीबार साँझ माङताेककाे शालिकमा दिप प्रज्वलन समेत गरिएकाे थियाे ।

यसैगरी शहिद माङतोकको स्मृतिमा पान्थरको फिदिम, सुनसरीको धरान, ताप्लेजुङ लगायत विभिन्न जिल्लाहरु र काठमाडौं उपत्यका लगायत विभिन्न प्रवासहरुमा समेत १५औं स्मृति दिवस मनाइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...