सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

 लिम्बुवान न्युज
                       


इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल गरे । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा सन्दकपुर–१ लाई ४–० गोल अन्तरले हराउँदै जमुनाले समेत सेमीफाइनलमा सुरक्षित गरेको छ ।

जमुनाको जितमा छिरिङ गुरुङले ह्रयाट्रिक गरे । आशिष राईले थप १ गोल गरे । पहिलो हाफको १३ औ मिनेटमा आशिषले जमुनालाई सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफको छैटौ, २० औ र २५ औ मिनेटमा गोल गर्दै छिरिङले ह्रयाट्रिक पुरा गरे ।

जारी प्रतियोगिताको यो दोश्रो ह्रयाट्रिक हो । यसअघि माबुका अभय धिमालले नयाँबजार एफसी विरुद्ध ह्रयाट्रिक गरेका थिए ।

तेश्रो क्वाटरफाइनल खेलमा युनाइटेड इलाम र सन्दकपुर–३ तथा सन्दकपुर खेल संघ सन्दकपुर–४ माबु र इलाम नगरपालिका–६ बिच प्रतिस्पर्धा हुनेछ । आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

 

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...