आत्मानन्द कप मंसिर दोस्रो सातादेखि शुरू हुँदै

,   लिम्बुवान न्युज
                       

 

इलाम/आत्मानन्द कपको १५ औं संस्करण खेल धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि शुरू हुने भएको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ९ देखि १७ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा पूर्वका इलाम, पान्थर, झापा, मोरङ, सुनसरी र तेह्रथुम, ताप्लेजुङ, भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
आत्मानन्द कपको यस संस्करणमा नेपालबाट एच.एफ.सि. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सिं ताप्लेजुङ, तिजोक युबा क्लब, पान्थर, चारतारे युवा क्लब, मोरङ, जलथल एफ.सि. झापा र माङसेबुङ गाउँपालिका टिम सहभागी हुने निश्चित भएको छ । यसैगरी, भारतको दार्जिलिङबाट एम.एफ.सि. सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।
फुटबलका अतिरिक्त म्याराथुन, पक्लुङ लेप्मा ९छेलो हान्ने०, कराँतेलगायतका खेल आयोजना हुने भएको छ । आत्मानन्द कप दुईसाल यता इलाम जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल खेलको रुपमा रहेको छ ।
इलाम सदरमुकाममा आयोजना हुने माइभ्याल्ली कप केही साल यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो पुरस्कार राशीको कपको रुपमा रहेको छ ।
आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।
गत वर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो । २०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यस वर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।
प्रतियोगिता सञ्चालनका लागि लाग्ने खर्च किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;