दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा नेपाल मिडिया परिवार(एम.एन.जी.)को सातौं साँगितिक कोशेली पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन सम्पन्न भएको छ ।

प्रवास इजरायलमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहेने गीतकार नितु लावती ‘मैना’को शव्दमा सजिएको पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन बुधबार सम्पन्न भएको हो ।

संगीतकार महेश खड्काको संगीतमा राजेश पायल राई र मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा मौसम इम्बुङ लिम्बू‘फुलेन्देको बाउ’, रेखा फागो लिम्बू र निश्चल राईको अभिनय रहेको छ ।

नितु लावतीकै निर्माणमा मोरङको केराबारी, पानबारी र सुनसरीको धरान आसपासमा छायांकन गरिएको भिडियोमा सुमन योञ्जनको छायांकन, मोती सिग्देलको सहायक छायांकन र कृष्ण सुबेदीको मेकअप रहेको छ ।

 

बिष्णु आचार्यको संगीत संयोजन रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...