दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
तेह्रथुम, असोज १५ गते । सदरमुकाम मेयङलुङ स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा तेह्रथुम जिल्ला स्तरीय जिल्ला किवी कृषि व्यवसायी संगठन तेह्रथुम कियाचु कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा गठन कार्य सम्पन्न भएकोछ ।
तेह्रथुममा किवी व्यवसायीहरुले उत्पादन गरेको किवी फललाई व्यवस्थित तथा सामुहिक बजारीकरणको लागि कियाचु कृषि सहकारी संस्था लिमिटेडले एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको अवसरमा उक्त समिति गठन गरिएको हो ।
उक्त जिल्ला संगठनको अध्यक्ष देवी पोख्रेल उपाध्यक्ष लक्ष्मी लिम्बू सचिब तिलोचन पोख्रेल कोषाध्यक्ष चन्द्र फोम्बो सदस्यहरु बद्री ब. खड्का, सम्झना लिम्बु र बिष्णु खनाल गरि ७ सदस्यीय समिति गठन गरेको हो ।
कियाचु कृषि सहकारी संस्था र नेपाल कृषि बजार बिकास कार्यक्रम सहज नेपालको साझेदारी कार्यक्रम करिब एक महिना अगाडि सम्झौता गरि कृषि क्षेत्रको सम्भाव्यता, शीत भण्डार संचालन र बजारीकरणको कार्यक्रमहरु कियाचु कृषि सहकारी संस्थाले निरन्तर संचालन गरिरहेको छ । एक दिने अभिमुखिकरण कार्यक्रमको संस्थाका पुर्व अध्यक्ष तेजमान कन्दङवाले सहजीकरण गर्नुभएको थियो ।
विभिन्न किवी कृषकहरूको किवी खेती गर्दाका अनुभव, किवी खेतीको प्राबिधिक पक्षमा र समस्या बारे कृषकहरु संगै अन्तरक्रिया गरि यसको सम्भावना, वाली उठाउने तरिका, प्रशोधन, भण्डारण सम्बन्धि छलफल गरिएको थियो । यो कार्यक्रम करिब एघार महिना संचालन हुने संस्थाका अध्यक्ष टंकमाया लिम्बूले जानकारी गराउनु भयो ।
तेह्रथुमको उत्तरी भेगहरुमा किवी खेतीको सम्भावना बढिरहेको छ । हाल तेह्रथुममा १३० रोपनी क्षेत्रफलमा किसानहरूले किवी खेती गरेको भेटिएको छ भने तेह्रथुमबाट बार्षिक ३० टन किवी उत्पादन गरिएको तथ्यांक सहकारीले संकलन गरेको छ । त्यसैगरि तेह्रथुमका फलफूल व्यापारीहरुको पनि संजाल गठन कार्य असोज १७ गते सम्पन्न भएकोछ ।
जिल्ला स्थित फलफूल तथा तरकारी व्यापारीहरुको अवस्था र समस्या सम्बन्धि छलफल कार्यक्रम गर्दै जिल्ला फलफूल व्यवसायी संस्था पदम कार्कीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । जुन समितिको सदस्यहरुमा तारा कार्की, भुमिका सुवेदी, डोल्मा तामाङ, गंगा योञ्जन, दिल ब कार्की, रामबिलास चौधरी र निरु कार्की रहनुभएको छ ।
फलफूल व्यापारीहरु संग आफ्नो फलफूल तथा तरकारी खरिद तथा भण्डारण लगायतको बिषयमा समेत छलफल भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टंकमाया लिम्बूको अध्यक्षता तथा संचालन मेयङलुङ शीत भण्डारका व्यवस्थापक कुमारी लिम्बुले गर्नुभएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...