सेसेमी नाल्बो लिम्बु भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः चयन

 लिम्बुवान न्युज
                       


दमक, १९ असोज । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
शुक्रबार झापाको दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको दोस्रो अधिबेशन भएको हो ।
अधिवेशनले सेसेमी से.नाल्बोलाई पुनः दोस्रो कार्यकालको लागि कुलपति चयन भएका हुन् । नाल्बोको नेतृत्वमा सात सदस्यीय समिति चयन गरेको छ । उक्त समितिको उपकुलपतिमा मुसाहाङ अम्याङ्सा, प्राज्ञ सचिवमा रचना लाओती, प्राज्ञ अर्थमा गुमान सिं सम्बाहाङ्फे, प्राज्ञ सदस्यहरुमा कविन्द्र सेर्मा, बिष्णु केरुङ र फुङमा तुम्रोक रहेका छन् ।
त्यसै गरी सोहि अधिबेशनले प्राज्ञिक समिति गठन गरेको छ । समितिमा क्रमशः सेसेहाङ फियाक, सेसेमी से.नाल्बो, मुसाहाङ अम्याङ्सा, रचना लाओती रहेको छ । अधिबेशन सम्पन्न गर्न बिधानतः तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो । संयोजकमा लछामी सेर्मा पापो, सदस्य सचिवमा दिल पाक्साङ्वा, सुमित्रा वाङ्देल चेली रहेको थिए ।

कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, लिम्बू भाषा तथा संस्कृति बिकास केन्द्र तेह्रथुमका अध्यक्ष दिल पाक्साङ्वा, लिम्बू उपन्यासकार थाकुहाङ मेरिङ, कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, लिम्बू पत्रकार संघ झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङ, चलचित्र निर्माता निर्देशक/लेखक थेयुसा फागो, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठानको १८ जना आजीवन सदस्य तथा ९ जना संरक्षक सदस्यताको प्रमाणपत्र समेत वितरण गरेको थियो ।
लिम्बू भाषा साहित्य प्रतिष्ठानको दमक कुलपति सेसेमी से.नाल्बोको अध्यक्षता सम्पन्न भएको हो । स्वागत मन्तव्य गुमान सिंह सम्बाहाङ्फेले राखेका थिए भने संचालन प्राज्ञ सचिव मुसाहाङ अम्याङ्साले गरेका थिए ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...