दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ ।
तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्समा आबद्ध माङतोकको २०६४ असोज २० गते ऐतिहासिक संविधानसभाको निर्वाचन प्रणाली पूर्णसमानुपातिक चुनाव प्रणालीबाट गरिनु पर्छ भन्ने संघीय गणातान्त्रिक माेर्चाले गरेकाे १९दिने आन्दोलनको क्रममा झापा तोपगाछीस्थित कमलखोला पुल नजिक शसस्त्र प्रहरीको गोली लागि शहिद भएका भएका हुन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान मञ्चले कमल गाउँपालिका केर्खास्थित माङतोक समाधिस्थलमा सहिदको समाधीमा दिप तथा माल्यार्पण गरी शहिदलाई सम्झेका छन् भने मञ्चले चुलाचुली १ कमलस्थित माङतोकको शालिकमा समेत मौनधारण तथा माल्यार्पण गर्दै सहिद प्रति श्रद्धाञ्जली चढाएका छन् ।
माङताेक १६औं स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम
यसैगरी दमकस्थित स्वर्गलोक होटलको सभाहलमा नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान प्रान्तीय समितिले माङतोकको १६औं स्मृति दिवसमा श्रद्धाञ्जली सभाका साथै लिम्बुवान र पहिचान विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।
कार्यक्रममा पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ्, देशभक्त समाजवादी मोर्चाका संयोजक पूर्व मन्त्री गोपाल किराती, किरात लिम्बुवान नामाङकन अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ, जसपा नेपालका केदार धिमाल, किरात राई यायोक्खाका अर्जुन जम्नेली राई, खस क्षेत्री युवा मञ्चका अशोक क्षेत्री, लिम्बु विद्यार्थी मञ्चबाट प्रदिप नेयोङ्, दलित अभियन्ता बलराम ऋषिदेव लगायत नेताहरुले शहिदलाई सम्मान गर्दै पहिचानको लागि एकजुट हुनु पर्ने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा वक्ताहरूले पहिचानको राजनीतिलाइ सामुदायिक समाजबादमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । उनीहरूले सहअस्तित्वबादी बिचार, साझा नेतृत्व, साझा बिचार भएको संगठनात्मक प्रणाली भएको राजनीतिक शक्ति बनाउनु पर्ने, सामुदायिक समाजबादी रणनीतिक लक्ष्य प्राप्तिको लागि भौगोलिक-सांस्कृतिक पहिचानको आधारमा राष्ट्रिय आन्दोलनको निर्माण गर्दै अभियानलाइ निरन्तरता, बिद्रोहको तयारी संघर्षमा जोडको कार्यदिशा अवलम्बन गर्नु पर्ने र सामुदायिक समाजबादको रणनीतिक लक्ष्य प्राप्तिको लागि राज्यबिहिन राष्ट्र/समुदायको अगुवाइ/नेतृत्व अनिवार्य रहेकाे बताएका छन्।
कार्यक्रममा नाउपा एकीकृतका नेताहरु उपाध्यक्ष अम्बर बहादुर पन्धाक, अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, सहसचिव पदम अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लिम्बुवान प्रान्तीय समितिका अध्यक्ष भुपेन्द्र मावोको अध्यक्षता तथा महासचिव योवाहाङ् तुम्बाहाङफेले संचालन गरेका थिए ।
यसरी नै विभिन्न जिल्लाहरु र प्रवासहरुमा राष्ट्रिय सहिद राजकुमार आङ्देम्बे माङतोकलाई स्मरण गर्दै पहिचानवादी राजनैतिकल दल लगायत संघ संस्थाहरुले श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...