तिहारपछि खुलामञ्चमा खाना खुवाउन नपाईने

 लिम्बुवान न्युज
                       

 

  • रासस

खुलामञ्च लगायत काठमाडौंका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ ।

खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रमुख शाक्यले लकडाउनको समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराउनुभयो ।

’दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौंँ । यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ’, प्रमुख शाक्यले भन्नुभयो ।

उक्त छलफलमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियशन एशोसिएशन, लायन्स क्लब अफ काठमाडौँ, न्यु ग्रीन सिटी, सेफ्स एशोसिएशन अफ नेपाल, हाम्रो सानो प्रयासलगायत सङ्घसंस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

 

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...