दमककी एक महिलासहित झापामा चारको मृत्य, काेराेना संक्रमित २५ सय नाघ्यो

 लिम्बुवान न्युज
                       

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नपाकाे स्वास्थ्य शाखाले जनाए अनुसार मृत्यु हुने ति महिलाको पुरानो स्थायी ठेगाना दमक ८ भएपनि पछिल्लो समय उनी मोरङमा बस्दै आएकी थिइन ।

नोवेल अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको र उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापालाई उदृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । त्यसैगरी आज विर्तामोड ४ मा कोरोना संक्रमित ४० बर्षिय एक महिला र ८५ बर्षिय एक पुरुषको पनि मृत्यु भएको छ । गएराती शिवसताक्षी ६ की २४ बर्षिया एक युवतीसहित झापाका कोरोना संक्रमित चार जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यससंगै जिल्लामा संक्रमित मृतकको संख्या ६१ पुगेको छ ।

झापामा संक्रमित २५ सय नाघे
यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । आज जिल्लामा थपिएका ७५ जनासहित जिल्लाभर कूल संक्रमितको संख्या २ हजार ५ सय ९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा आज शनिबार मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिभिन्न ल्याबमा गरिएको पीसीआर परिक्षणमा ६ महिला सहित २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

दमकमा २७, गौरादहमा १ जना, बिर्तामोड १४ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्तीमा २ जना, अर्जुनधारा र बाह्रदशीमा १/१ जना, कन्काईमा ५ जना, भद्रपुरमा १३ जना, मेचीमा ३ जना र कमल गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...