आईपीएलमा सन्दीपकाे टिम दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा
सोमबार, २४ कार्तिक, २०७७ दिउँसोको ०१:५३ बजे,
लिम्बुवान न्युज
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पहिलो पटक सन्दीप लामिछानेकाे टिम दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।
आइतबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा अब्दुल समादले ३३ रन जोडे भनेदा राशिद खानले ११ रन बनाए ।
यसैगरि मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए भने जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए ।
हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिदा मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।
यस अघि दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यसैगरि शिम्रन हिटमायर ४२ रनमा अविजित रहे भने मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।
हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।
काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...
उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...
ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...
ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिम्मेवारीबाट राजीनामा...