दमक/ पहिचानको आधारमा खसान प्रान्त सहित १०+१ प्रान्तकाे माग गर्दै खशान राष्ट्रिय संघर्ष समितिले विरोध सभा गर्ने भएको छ ।
समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै अागामी मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी सहितकाे सूचना सामाजिक संजाल मार्फत दिएकाे छ ।
सूचनामा खस जातिहरुलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, खसआर्य समानुपातिक क्लष्टरलाई अलग अलग गर्नुपर्ने, खस समुदायको मष्टो सांस्कृतिक चाडमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । साथै उक्त कार्यक्रममा सबै पहिचानजन्य संगठनमा अावद्द खस सुमदायहरूलाइ उपस्थित हुन समेत अनुराेध गरेकाे छ ।
Related