मंसिर ९ देखि कक्षा १२ काे परीक्षा शुरू हुँदै, झण्डै १८ हजारले होम सेन्टरबाट परीक्षा नदिने

 लिम्बुवान न्युज
                       

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा मंगलबार देखि सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । 
देशभरिकाे  ४ हजार १ सय पाँचवटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् ।

तर सबै विद्यार्थीले ‘होम सेन्टर’ भने रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको हाे ।

सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् । पछि पनि परीक्षा दिने व्यवस्था मिलाइएकाे हुँदा काेराेना संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन पौडेलले आग्रह गरेका छन् ।

मंगलबार विहान ८ बजेबाट सुरू हुने परीक्षाका लागि याे बर्ष ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । काेराेनाका कारण यस बर्ष परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा मात्र लिने यस अघि नै बताइसकेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...