‘यसो हेरे पूर्व तिर’ गीतको म्यूजिक भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। पूर्वकै युवा पुस्ताका व्यस्त निर्देशक किरण चाम्लिङ् राईको निर्देशन रहेको “यसो हेरे पूर्व तिर” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एकपछि अर्को गर्दै नेपाली गीतहरुको भिडियो ल्याउने क्रममा आज पूर्वेली भाकाको आधुनिक लोक गीतको भिडियो सार्जनिक गरेका छन् । एकपछि अर्को चर्चा बटुल्दै गएका निर्देशक राईको निर्देशन क्षमता निखारिदै गएको छ ।

केन्द्र मोसन पिक्चर्स मार्फत सार्वजनिक गरिएको गीतलाई गायक पदम राईले गाउनु भएको छ । त्यसैगरी उक्त गीतमा चर्चित कलाकारहरु दयाहाङ् राई र एलिसा राईलाई फिचरिङ्ग गरिएको छ । पूर्वी पहाडको हरियाली डाँडाकाँडाहरुमा छाँयाङकन गरिएको उक्त गीतले पूर्वको प्राकृतिक सुन्दरतालाई टपक्कै टिपेको छ भने राई र लिम्बु जातीहरुको मौलिक पहिचान बोकेको शब्द संयोजन गरिएको छ । गीतमा द्वय चर्चित कलाकारहरु दयाहाङ र एलिसाको अत्यन्तै राम्रो अभिनय हेर्न सकिन्छ ।

उक्त गीतको शब्द संगीत शशी गुरुङ् बाङ्देलको रहेको छ भने क्यामारामा ज्ञानेन्द्र शाही त्यसैगरी गीतको सम्पादन भने अनिल रानाको रहेको छ । चर्चित कोरिग्राफर दिनेश माङमूले कलाकारहरुलाई छमछमी नचाएका उक्त गीतको व्यवस्थापन प्रवद्र्धन भने सोनाम लामा र प्रयास बान्तवा राईको रहेछ भने मेकअपमा माही सिंह र मिडिया पर्सनका रुपमा राजु दंगाल रहेका छन् । उक्त गीतलाई ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

(भिडियाे तल हेर्नेहाेला)

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...