किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द रहने जनाइएकाे छ ।

गाउँपालिकाले किरात धर्मावलम्बीहरूकाे गुरूकाे जन्माेत्सवमा विदा दिएकाेमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उथान संघले धन्यवाद प्रकट खुशी व्यक्त गरेका छन् ।

किरात धर्मगुरु लिङदेनबाट राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दका पूनः अवतारको रुपमा किरात धर्मलाइ विश्व सामु पुर्याउन महत्वपूर्ण योगदानको सम्मानस्वरुप हरेक बर्ष सार्वजनिक विदा दिइने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताउनुभयो ।

यस बर्ष धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा कोरोना भाइरसका कारण आ आफ्नो क्षेत्रमा जन्मोत्सव मनाउन माङगेन्ना समितिले अनुराेध गरेका छन् भने माङसेबुङमा स्वास्थ्य मापदण्ड पुरा गरि मनाइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...