प्रदेश १ मा पाँचदलीय गठबन्धनद्वारा सरकारमा दावी पेश

,   लिम्बुवान न्युज
                       

विराटनगर, १५ कार्तिक । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी पाँचदलीय गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।

प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ५० जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त गर्न पाँच दलीय गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

दावी पेश गर्ने पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ केबलकार आयोजना खारेज गर्न माग, माग पूरा नभए निरन्तर सङ्घर्षको चेतावनी

ललितपुर, ५ मंसिर । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना तत्काल खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति र मुक्कुमलुङ ताइसेःप चुम्भोले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका छन् । बुधबार...

झापा–११ को १०–० को फराकिलो जित, सजिनाको ह्याट्रिक

दमक, ५ मंसिर । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा २–० ले अगाडि...

मिक्लाजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ३५ सयको परीक्षण, २७५ जनाले पाए नयाँ दृष्टि

मिक्लाजुङ, माेरङ् । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा आयोजित चारदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया तथा आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमार्फत ३ हजार ५०० जना सर्वसाधारणको आँखा परीक्षण गरिनुका साथै २७५ जना मोतियाबिन्दुका बिरामीको सफल...

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

;