फाकफोकका पाँच वर्षिय दिपशन राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

 लिम्बुवान न्युज
                       

इलाम : फाकफाेकथुम गाउँपालिका वडा नम्बर १ का दिपशन राईको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

साविक आम्चाेक ७ निवासी देउप्रसाद राईको कक्षा १ मा अध्ययनरत पाँच वर्षिय छोरा कार्तिक १४ गते विहान ९:३० बजे विद्यालय जाने क्रममा छिमेकीको घरमा छुर्पी पकाउँदै गरेको तातो पानीमा डुवेर गम्भीर घाइते भएको पारिवारिक श्रोतले जनाएको छ । बालककाे उपचार गर्न इलाम अस्पताल लगिएपछि अन्यत्र रेफर गरेको थियो ।

हाल उनको बिराटनगर म्यास इन्टरनेशनल हस्पिटलको आइसियु कक्षमा उपचार भइरहेको छ । उनको उपचार गर्न दैनिक ५० हजार भन्दा बढी खर्च भइरहेको र अस्पतालले करिब १० लाख खर्च हुने बताएको छ । पीडित बालकले अध्यन गर्दै गरेको छाँयादेवी माद्यामिक बिद्यालय लुङ्सुङ्दानङले २२ हजार नगद रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी,चलचित्र कलाकारकर्मी रितेश जंग पौडेल खत्रीको परिवारबाट २० हजार नगद रुपैयाँ उपलब्ध गराएको बालककी आमा टीका याङ्देम्बा नेम्बाङले जानकारी दिइन् । सामाजिक अभियान्तको रूपमा सकृय काम गरिरहेका खत्रीले आफ्नोतर्फबाट पनि बालकको उपचार खर्च जुटाउन पहल गरिरहेको जानकारी दिए ।

आर्थिक अवस्था अत्यन्तै कम्जाेर भएका परिवारलाई छोराको उपचार गर्न कठिन भएकोले फाकफोकथुम घर भइ हाल दक्षिण कोरियामा कार्यरत बिरेन्द्र पौडेल र सुरेश कार्कीको अगुवाई आर्थिक सहयोग जुटाउन शुरु गरिएको छ ।

इच्छुक महानुभावले 01096736715 मा सम्पर्क गरि विज्ञान पौडेलको नाममा दक्षिण काेरियाको NH Bank खाता नम्बर 3521391476153 मा र नेपालकाे लागि देउप्रसाद राईको मोबाइल नम्बर ९८६१९९१९३९ मा सम्पर्क गरि सानिमा बैंकको खाता नम्बर ००६०११०६०००१७५८ रकम जम्मा गरि सहयोग गरिदिन आग्रह गरिएको संकलनकर्ता कार्कीले बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...