पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको छ – अध्यक्ष लिङदेन

 लिम्बुवान न्युज
                       

विर्तामोड, २ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ‘पहिचान आन्दोलन निरन्तर अघि बढिरहेको थाकेको छैन ।’ संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्लाको छैठौं जिल्ला अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि लोकतान्त्रिक पार्टीको रुपमा स्थापित पार्टी भएको बताउँदै अध्यक्ष लिङदेनले अबका पाँच बर्षभित्र पहिचानको आन्दोलनलाई स्थापित गर्ने जिकीर गरेका छन् । लिम्बुवान आन्दोलन बचाउनलाई मञ्चलाई सहकार्य, समन्वय र सहमतिमा अघि बढ्न आग्रह गरेका छन् ।

कार्यक्रमलाई विशिष्ट अतिथि बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ्, देउकुमार निङलेखु, संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव अशोक चेम्जोङ, शान्ता योङहाङ, थाङसाङ लावती, उपमहासचिव भानु भट्टराई, दिलकुमार लावती, प्रान्तीय सचिवहरु लावाहाङ चेम्जोङ, मोहन बेघा नाम्सा, धनराज सुब्बा, विष्णुमाया थापा भट्टराई, सचिवालय सदस्य भिम सुनुवार, भक्त मेन्याङबो, हेम चवेगु, दिलु लिङदेन लगायत केन्द्रीय नेताहरुले अधिवेशनलाई शुभकामना मन्तव्य दिर्दै बन्दसत्रबाट चुस्त दुस्त नयाँ नेतृत्व चयन होस् भन्ने शुभकामना मन्तव्य राखेका छन् ।

कार्यक्रममा प्रान्तीय सदस्यहरु, पहिचान सदस्यहरु, मोरङ, पान्थर, ताप्लेजुङ लगायतका जिल्ला अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष धनबहादुर पन्धाकको सभाध्यक्षतामा भएको उद्घाटनसत्र कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई राखेका छन् भने कार्यक्रमको संचालन जिल्ला सचिव राजा आङथुपोको रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...