लिम्बुवान सामाजिक मञ्च साउदी अध्यक्षमा बसन्त चेन्जी माबो निर्वाचित

 लिम्बुवान न्युज
                       

साउदी अरब, १९ नोभेम्बर । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको तेश्रो अधिबेशन सम्पन्न भएको छ । शुक्रबार राती सम्पन्न अधिवेशनले बसन्त चेन्जी मावोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मन्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमले नयाँ नेतृत्व गठन गरेको हो । अध्यक्ष मिराकले भर्चुअल जुम मार्फत सम्बोधन गर्दै नव कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिस्ट अथिती नेपाल राजदुतावास रियादका द्दितिय सचिव श्रीमती तारा गौतम, नेपाल आदिबासी जनजाती महासघ साउदी अरबका अध्यक्ष श्री खेम तमुले नव निर्वाचित कार्य समितिलाई बधाइ तथा शुभकामना दिदैं प्रवासमा रहेर पनि लिम्बुवान मञ्चले राजनैतिक गतिविधि गरिरहेको र आफ्नो पहिचान र अस्तित्वको लागि लडिरहेकोले मुलुकमा एक दिन परिवर्तन हुने बताए ।

कार्यक्रममा अतिथि संघीय सदस्य तथा साउदीका संरक्षक श्री यक्वा, सल्लाहकार रोशन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यकै क्रममा संरक्षक यक्वाले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तह र तप्काबाट आर्थिक, नैतिक भौतिक सहयोग गर्नुहुने सम्पुर्ण संघ, सस्था, सगठन, बुद्धिजिवि र मिडियाकर्मीहरुलाइ हार्दिक आभार प्रकट गरेका थिए ।

अधिवेशनले अध्यक्ष मावोको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष लोकेन्द्र फियाक, उपाध्यक्षहरुमा खड्ग आङदेम्बे, भिमा लिम्बु, टेकबहादुर पौडेल, केन्द्र लिम्बु त्यसैगरी महासचिवमा सुमन सहयात्री योङहाङ, उपमहासचिवमा मोतिराज चेम्जोङ, सचिवमा मोतिहाङ सोदेम्बा, अर्थसचिवमा प्रेम इजम लिम्बु, सहसचिवमा सविन लिम्बु र सहअर्थसचिवमा सन्चमान लिम्बु निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः पुस्पा राइ, ऐत बहादुर लिम्बू, राममाया तामाङ, लोकबहादुर लिम्बू, चित्रकुमार चाम्लिङ राई, राजेश माबो लिम्बू, जयन्ती अन्छङ्बो, तुम्हाङ लिम्बू, जेम्स माङ्लाक, सन्तोष काम्बाङ, इन्दिरा श्रेष्ठ, योगकुमारी लिम्बू, बमबहादुर लिम्बु, लोकबहादुर फागो, विजय प्रकाश लिम्बु, प्रेम लिङ्देन, सुर्य मगर, अनन्त बिक, रामकुमार लिम्बू, सुमन सिंह, दलबहादुर लिम्बु, गिता थापा, राजकुमार राई र सचिन कुमार लिम्बु रहेका छन् ।

त्यसैगरी प्रमुख संरक्षकमा पुनः श्रीप्रसाद यावालाई सर्वसहमतिमा जिम्मेवारी दिइएको छ भने प्रमुख सल्लाहकारमा रोशन श्रेष्ठ, सल्लाकारहरुमा सन्जय तुम्बाहाम्फे, भगिश्वर मावो चयन भएका छन् ।

 

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...