प्रेसलाई अकुंश लगाउने कानून स्वीकार नहुनेः अध्यक्ष पोखरेल

 लिम्बुवान न्युज
                       

लिख, बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेकोमा आपत्ति जनाएका छन् ।

बुटवलमा शुरू भएको महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्रेसलाई अकुंश लगाउने कुनैपनि कानून स्वीकार्य नहुने बताए ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारले ल्याएका प्रदेश सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै उनले प्रेसमैत्री कानून बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु फिर्ता गर्नुपर्ने बताए ।

यसैगरी निवर्तमान अध्यक्ष गोविन्द आचार्यले अध्ययन र तालिमबाट क्षमता विकास गरेर पत्रकारिता गरेमा यसक्षेत्रमा प्रशस्त अवसर भएको बताएका छन् । तालिममा रुपन्देहीका ४० जनाको सहभागिता रहेको महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेलले बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...