
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा सम्मेलन सम्पन्न गरेको । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख विष्णु कुमार श्रेष्ठले बताए ।
माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । यद्यपी सबैमा चुनाव सकिएको छैन अब २० प्रतिशत वार्डहरुमा चुनाव हुन बाँकी रहेको जनाइएको छ ।
चार्डपर्व, शोक लगायत विविध कारण एउटै समयमा सम्मेलन हुन नसकेको अयोग प्रमुख श्रेष्ठले बताए । ‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन’ उनले भने ।
वडा सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९÷२९ सदस्यीय वडा समिति विहान अनुसार निर्वाचित भएको मओवादीले जनाएको छ ।
माओवादी केन्द्रले देशभर ६ हजार ७४३ वटा वडाहरुमा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरेको थियो । अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि माओवादीले सम्मेलन तोकेका छ ।
माओवादीले राष्ट्रिय महाधिवेशन आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा गर्नेछ ।