लिम्बुवान सामाजिक मञ्च साइप्रस अध्यक्षमा भरत तुम्बाहाम्फे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ६ मंसिर । संघीय लिम्बुवान सामाजिक मञ्च, साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत उद्घाटन गर्नुभएको अधिवेशनले भरत तुम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

आइतबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सम्झाना लिम्बु, उपाध्यक्षहरुमा मनकुमारी लिम्बु, अमृता राई निर्वाचित भएका छन् भने महासचिवमा मञ्जु खुदाङ, सचिवमा ढगेन्द्र लिम्बु र अर्थसचिवमा सोनिया लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा शंकर पोख्रेल, बेबी लिम्बु, सुमना लिम्बु, लिला लावती, मचिन्द्र लिम्बु, सबिना लिम्बु र मिना लिम्बु चुनिएका छन् ।

यसैगरी साइप्रस संरक्षकमा बालकुमार लिम्बुलाई राखिएको छ भने सल्लाहकारमा निता लिम्बmु देवी लावती, लक्ष्मी लिम्बु र कुसिला लिम्बु रहेका छन् ।

जुम मार्फत सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ कार्य समितिलाई बधाई दिएका छन् भने आगामी महाधिवेशन पश्चात पार्टीलाई थप मजबुत र उच्चाईमा पु¥याउन सबै क्षेत्रबाट एक ढिक्का भएर लाग्न अपिल गरेका छन् । कार्यक्रममा अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक चन्द्रकुमार लिङदेनको विशिष्ट उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्राविधि पक्षको सम्पूर्ण जिम्मेवारी शंकर पोख्रेलले लिएका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...