
सोलुखुम्बु, दुधकुण्ड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय शेर्पा प्रान्तीय मञ्चको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सोलुखुम्बुको दुधकुण्डमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लिङदेनले संघीय मञ्चको १०+१ प्रान्तीय मञ्च मध्येको शेर्पा प्रान्तीय मञ्चले ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न गर्दै पहिचानको राजनीतिमा उभिएको संकेत दिएको बताएका छन् । संघीय मञ्च लिम्बुवानको जगमा उभिएर सबै प्रान्तीय मञ्चमा पुगिसकेको बताउँदै अब पहिचानको राजनीतिलाई थप उच्चाई पु¥याउने भूमिका शेर्पा प्रान्तीय मञ्चले पनि साथ दिनेछ –उनले भने ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष विष्णुमाया तुम्बाहाम्फे, लिम्बुवान प्रान्तीय महासचिव शान्ता योङहाङ, महिला नेतृी दिलु लिङदेन लावती लगायत नेताहरुले शेर्पा मञ्चको अधिवेशनलाई शुभकामना दिएका छन् ।

अध्यक्ष तेम्डी शेर्पाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति बनेको नेत्री योङहाङले वताइन् । बरिष्ठ उपाध्यक्ष निमा शेर्पा, उपाध्यक्षहरुमा पासाङ –काले) शेर्पा र ङिमा ल्हामू शेर्पा, महासचिवमा दावा छिरिङ शेर्पा (सि.पा.), त्यसैगरी सचिवहरुमा पहलमान –पासाङ) शेर्पा, छोपेल शेर्पा, पासाङ लामा शेर्पा र सोनाम शेर्पा (रोमछाप) निर्वाचित भएका छन् । यसरी नै अर्थसचिवमा पुर्णिका शेर्पा (तामाङ) चयन भएकी छन् ।
त्यसैगरी प्रान्तीय सचिवालय सदस्यहरुमा याङजी शेर्पा, छिरिङ शेर्पा, छिरिङ शेर्पा, वीर बहादुर तामाङ, निमा शेर्पा, दावा दोर्जे तामाङ र दोर्जे शेर्पा निर्वाचित भएका छन् ।
यसरी नै प्रान्तीय सदस्यहरुमा दाजाङबु शेर्पा, छिरिङ शेर्पा, ङिमा डोमा शेर्पा, ग्याल्जेन शेर्पा (दोलाङसा), लावुटी शेर्पा, ताम्जे शेर्पा, दावा शेर्पा (सोलु), पासाङ डोमा शेर्पा, पेमा रिन्जीन शेर्पा, साङमू शेर्पा, ग्याल्जेन शेर्पा, निशा तामाङ्, रमिला तामाङ्, कृष्णमाया तामाङ, नुर्पु गेन्जेन शेर्पा, पासाङ काजी शेर्पा, ल्हाक्पा ग्याल्देन शेर्पा, सोनाम ङिमा शेर्पा, फूरि शेर्पा, ङिमा वाङछु तामाङ, वाङछु शेर्पा, पेम्बा शेर्पा, रिन्जी फूरि शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, नाम्गेलन दोर्जे शेर्पा, दावा शेर्पा (सि.पा.), मिङमार ग्याल्जेन शेर्पा, मिङमार शेर्पा, पासाङ शेर्पा, कर्मा शेर्पा र रविन मगर निर्वाचित भएका छन् ।
