एमाले, कांग्रेस, माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, १४ मंसिर । मोरङको मिक्लाजुङ्मा एमाले, कांग्रेस र माओवादी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ गाउँपालिकाले आयोजना गरेको चियापान, अन्तरक्रिया तथा अन्तराष्ट्रिय दासत्व उन्मुलन दिवस कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

मञ्चका बरिष्ठ उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादुर गुरुङ, विशिष्ट अतिथि प्रान्तीय महासचिव अशोक चेम्जोङ लगायतका नेताहरुले खाँदा र अविर लाउँदै पार्टीमा स्वागत गरेका छन् ।

लिम्बुवान मञ्च मिक्लाजुङ अध्यक्ष ओम चेम्जोङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गुरुङले लिम्बुवान मञ्च मात्र नभएर १०+१ प्रान्तहरु बनी सकेको हुँदा अब संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नै एकमात्र बैकल्पिक राजनैतिक पार्टीको रुपमा स्थापित हुने बताए । उनले भने– ठूला पार्टीहरुको झोला बोकेर होइन आफ्नै पहिचानवादी पार्टीको झण्डा र चुनाव चिन्ह लिएर अब आगामी चुनावमा अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिन चाहान्छु ।

अर्का बक्ता कार्यक्रममा विशिष्ट अतिथि महासचिव चेम्जोङले अब मञ्च एउटा शसक्त पार्टीको रुपमा स्थापना भई कार्यान्वयनको लाइनमा उभिएको बताउँदै प्रदेश १ सरकारमा सहभागी पार्टी आगामी चुनावहरुलाई सदुपयोग गर्दै प्रदेश चुनावमा कम्तिमा ७ सांसद भन्दा माथि जिताएर मुख्यमन्त्री सम्म बन्ने सपना देख्न थालिएको बताएका छन् । अब आन्दोलनले मात्र नहुने रहेछ भन्दै सत्तामा पुग्न समेत मञ्च अघि बढेको कार्यकर्ताहरुलाई बताए ।

यसैगरी कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव दिलकुमार लावती, प्रान्तीय सचिवालय सदस्यदय रामचन्द्र थापा मगर र दिलु लिङदेन, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य तथा श्रमिक दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रमको व्यवस्थापन मोरङ जिल्ला सचिव मिक्सेन मिभक र लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर कमाण्डर गणेश मिभकले गरेका थिए ।

कार्यक्रमबाट नेकपा एमाले परित्याग गरी गंगाप्रसाद पारघरी, महेश कुरुम्बाङ, इमानसिं कुरुम्बाङ, सनजित कुरुम्बाङ, सन्त बहादुर कुरुम्बाङ, पूर्ण कुमार नेम्बाङ, जगत बि.क., भक्त बहादुर बि.क., सन्त बहादुर बि.क., राजेन्द्र धमाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस परित्याग गरी रुद्र बहादुर चेम्जोङ, दिपक लिम्बु, मान बहादुर तामाङ, रुपा तामाङ, पूर्ण बहादुर तामाङ, गोपाल लावती, सरिता तामाङ लावती, सञ्जय तामाङ, विवाह श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, रुपध्वोज सार्की, विरेन्द्र कुमार थेगिम र राजेन्द्र चेम्जोङ रहेका छन् । यसैगरी नेकपा माओवादी परित्याग गरी सनकुमार सिन्चौरी, हेमन्तराज कोईराला र गजेन्द्र बि.क. लिम्बुवानमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...