फाल्गुनन्द सभागृह नाम हटाएकोमा आपत्ति

 लिम्बुवान न्युज
                       

दमक । महागुरु फाल्गुनन्द सभागृहलाई हटाइ दमक सभागृह नामाकरण गरि काम अगाडि बढाएको भन्दै किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

२०७३ जेठ २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सभागृह पछिल्लो पटक दमक सभागृह भनी टेन्डर आह्वान गरि काम अगाडि बढाएकोमा साहित्य उत्थान संघले महान विभूति महागुरु फाल्गुनन्दको नामबाट शिलान्यास भएको सभागृहलाई नमेट्न ज्ञापनपत्र बुझाउँदै आग्रह गरेका छन् । ज्ञापनपत्र दमकका नगर प्रमुख रामकुमार थापालाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थापाले विभूतिको नाममा शिलान्यास गरिएको कार्यलाई नाम परिवर्तन गर्नु सरासर गलत भएको बताउँदै यसलाई सच्याएर अगाडि बढाउने बताए ।

साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र थेगिमका अनुसार नगर प्रमुख थापाले आफू निर्वाचित भएर आउनु अगाडि नै युवराज दाहालबाट नाम परिवर्तन गरि अगाडि बढाइएको हुनाले प्रक्रिया पुर्याएर फाल्गुनन्द सभागृहको नाम अगाडि बढाउने आवश्वास दिइएको छ ।

दमक–९ मा निर्माण हुँदै गरेको सभागृहमा नाम परिवर्तन हुनु धर्म गुरु आत्मानन्द लिङ्देन ज्यूको गम्भीर ध्यानाकर्षण हुनुका साथै विश्वभरि छरिएर रहेका महागुरु फाल्गुनन्दका भक्त अनुयायीहरुमा गहिरो भावनात्मक चोट पुगेको छ । यस निर्णय उपर हाम्रो घोर आपत्ति रहेको हुनाले नसच्याए यसमा पर्ने आपत्ति र परिणाम जिम्मेवार पक्षले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदा मोरङका रामभक्त कुरुम्बाङ, झापाका लक्ष्मी योङहाङ, सुनसरीका बुद्धि थाङ्देन लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...