चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

,   लिम्बुवान न्युज
                       

माङसेबुङ , सालि । माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब र आयोजक टिम फाईनल प्रवेश गरेको छ ।सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई २–३ को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो ।

दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो । फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने छ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;