
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर, ७ मंसिर । विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना एसियाली मुलुक साउदी अरेबियासँग स्तब्ध भएको छ । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको थियो ।
शानदार जित हासिल गरेपछि साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ । अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् ।
कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै सुरुवाती दश मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा साउदीले शानदार पुनरागमन गरेको थियो ।
साउदी अरेबियालाई अर्जेन्टिनाविरुद्ध पहिलो पटक जित दिलाउन सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।
ऐतिहासिक जितपछि साउदीमा बुधबार सबैखाले कामदारलाई छुट्टी दिइने छ । यस्तै सार्वजनिक र निजी स्कुल बन्द हुनेछन् । विश्वकपमा साउदी अरेबियाले चौथो जित निकाल्दा अर्जेन्टिनाको भने लगातार ३६ खेलमा अपराजित यात्रा टुङ्गिएको छ ।
तीन खेल बराबरीमा टुंगियो
यसैगरी अन्य तीन खेलहरुबाट सबै देशले समान १ अंक जोडेका छन् । कतारमा जारी खेलमा डेनमार्क र ट्युनिसिया बिचको खेल बराबरीमा सकिएको छ । यसरी नै अमेरिका र वेल्सको खेल पनि बराबरीमा सकिदा मेक्सिकोका कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डसँग अंक बाडेको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...