तिजोग यूवा क्लव पाँचथर सेमिफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

तिजोकको जितमा भुवन बस्नेतले दुई गोल गरे भने थप एक गोल मिन धिमालले गरे । चारतारेका लागि सागर तिवारीले एक मात्र गोल फर्काए ।

खेलमा तिजोगका लागि दुई गोल गरेका भुवन बस्नेत म्यान अफ द म्याच समेत चुनिए ।

किरात धर्मगुरु आत्मानन्द  लिङदेन सेइङको ६९औं जन्मोत्सवको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत अर्काे सेमिफाइनल खेल छथर गाउँपालिका, तेह्रथुम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारतबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;