आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

 लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत र भुटानबाट प्रतिष्ठित ८ फुटबल क्लब सहभागी हुने छन् ।

प्रतियोगिता आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले दिएको जानकारी अनुसार माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता बारे बिहीबार माङसेबुङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आङबुहाङले सो जानकारी दिएका हुन् ।

यस संस्करणमा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवा क्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानले सहभागिता जनाउने पक्का भएको हो ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १७०, मेडल र प्रमाणपत्र पाउने छन् । सोही अवसरमा अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाँड (आर्चरी), भलिबल, हाँडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको बताइएको छ ।

गतसालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम टिमले जितेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...