आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

,   लिम्बुवान न्युज
                       

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत र भुटानबाट प्रतिष्ठित ८ फुटबल क्लब सहभागी हुने छन् ।

प्रतियोगिता आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले दिएको जानकारी अनुसार माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता बारे बिहीबार माङसेबुङमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आङबुहाङले सो जानकारी दिएका हुन् ।

यस संस्करणमा सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवा क्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानले सहभागिता जनाउने पक्का भएको हो ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १७०, मेडल र प्रमाणपत्र पाउने छन् । सोही अवसरमा अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाँड (आर्चरी), भलिबल, हाँडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको बताइएको छ ।

गतसालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम टिमले जितेको थियो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;