प्रदेश १ स्तरिय ताम्सालिङ संयुक्त संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       


इटहरी, सुनसरी । ‘ताम्सालिङ प्रदेश निर्माणको लागि एकजुट हौं’ भन्ने मूल नाराको साथ इटहरीमा ताम्सालिङ संयुक्त र्सघर्ष समिति प्रदेश नं. १ गठन भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

चन्द्र गोम्देन तामाङकाे अध्यक्षतामा १४ सदस्यीय प्रदेश नं. १ स्तरीय संयुक्त संघर्ष समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा पदम मोक्तान तामाङ र प्रवक्तामा सबीला मोक्तान चयन भएका छन् ।

उक्त भेलाले सदस्यहरुमा हस्त पाख्रिन तामाङ, फूलमाया मोक्तान, सन्देश तामाङ, जसकुमार तामाङ, एम कुमार योञ्जन, मोहन लोप्चन, दुर्गा नेगी र विष्णु गोले तामाङलाई चयन गरिएको आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामाले बताएका छन् । उक्त भेलालमा प्रमुख अतिथि गोलेले ताम्सालिङ संयुक्त संघर्ष समिति गठन गर्नुको औचित्य बारे प्रष्ट पारेका थिए । अध्यक्ष गोलेले भने तामाङ जातिको लागि ‘ताम्सालिङ’ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प हो । सबै यो राष्ट्रिय मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गर्दछु ।

कार्यक्रममा घेदुङ लगायत विभिन्न संगठनमा आवद्ध व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;