दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन

 लिम्बुवान न्युज
                       

दमक, २३ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) दमक नगर तदर्थ समिति गठन भएको छ । विहीबार पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा दमकस्थित सिर्जना होटलको सभाहलमा आयोजित कार्यक्रमले सुखबहादुर सोदेम्बा लिम्बुको अध्यक्षतामा तदर्थ समिति बनेको हो ।

आज आयोजित तदर्थ समिति गठन कार्यक्रमले बरिष्ठ उपाध्यक्षमा जीतेन राई, उपाध्यक्षमा विनुप लिम्बु, सचिव खालि रहेको छ भने सहसचिवमा कैलाश देवान, कोषाध्यक्षमा समीर केरुङ चयन भएका छन् ।

यसरी नै उक्त कार्यक्रमले समितिको सदस्यहरुमा हरी माखिम, कुमार योङहाङ, नरेश कन्दङ्वा, अनिसा थेवे, विवश आले मगर, सुवास जवेगु, मोहन दर्नाल, परेन्द्र देवान, डिकबहादुर पालुङ्वा, संजीव खोयाहाङ, योग बहादुर थेवे, रामप्रसाद लावती, लक्ष्मी कुमार माङ्मु, ललित बहादुर पालुङ्वा, सुन्दर चेम्जोङ र निशा राई चयन भएका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि चेम्जोङ्ले पहिचानको राजतीनिलाई परिणाममुखी र देशव्यापी रुपमा शसक्त बनाउन विभिन्न साना साना पहिचानवादी पार्टीहरु नागरिक उन्मुक्ति पार्टी एकीकृतमा एकीकरण भएको बताउनु हुँदै प्रदेश १ का सबै तहहरुमा चाडोभन्दा चाडो संगठन निर्माण हुने बताउनुभयो ।

यसैगरी कार्यक्रममा पार्टीका महासचिव दिलकुमार लावती, सचिव भविराज तुम्सा, सचिवालय सदस्य शरण जवेगु, रञ्जन योङहाङ त्यसैगरी केन्द्रीय सदस्य मोहन राई, दिपेश पालुङ्वा, लिम्बुवान प्रान्तीय समितिका उपाध्यक्ष चैतन्य केदेम लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...