१३९औं फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरी मनाइन्दै

 लिम्बुवान न्युज
                       


दमक, २५ कार्तिक । १६औं राष्ट्रिय विभूति किरात धर्मावलम्बीका महागुरु फल्गुनन्द लिङदेनको १३ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी विश्वमा छरिएर रहेका किरातीहरुले मनाउँदैछन् ।

वि.स. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा सामान्य परिवारमा उनको जन्म भएको थियो । बुबा जगनबाज लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट साइला छोराको रुपमा जन्मिएका उनको न्वारानको नाम नरध्वज राखिएको थियो । बाल्यकालमा सिकिस्त बिरामी परेका उनलाई फलामको चुरा बनाए हातमा लगाइदिएपछि मात्र निको भएको भनी पछि फलामसिं हुँदै फाल्गुनन्द नाम रहन गएको बताइन्छ ।

महागुरु फल्गुनन्दले किरातीहरुको भाषा, लिपि, संस्कार, संस्कृति, मुन्धुम एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । किरात जातीहरुमा समाज सुधारका लागि फल्गुनन्दले लिम्बुवान र किरात खम्बुवान क्षेत्रमा बस्ने किरातीहरुलाई चुम्लुङ् गरी संस्कार, संस्कृतिलाई एकरुपता दिन नीति नियम बनाएका थिए । त्यसलाई ‘सत्य धर्म मुचुल्का’ भनेर चिनिन्छ । उनले बि.सं. १९८८ साल वैशाख २४ गते पान्थरको लोब्रेकुट्टीमा यो मुचुल्का जारी गरिएका थिए ।

उनको योगदानको कदर गर्दै किराती समुदायको बसोवास रहेका लिम्बुवानका जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभालगायत किरात खम्बुवान क्षेत्रको भोजपुर, खोटाङ, उदयुपर त्यसैगरी उपत्याकाको काठमाडौं, भक्तपुर, ललितपुर र किरातीहरुको बसोबास रहेका कास्की, लगायत अन्य जिल्लाहरु र विश्वभरी छरिएर रहेका किरात जाती एवम् धर्मावलम्बीहरुले फल्गुनन्दको सम्झनामा आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइरहेका छन् ।

यसरी नै आज किरात धर्म तथा साहित्य उत्थान संघ लगायत धार्मिक संस्थाहरुले धर्मगुरु आत्मानन्द लिङ्देनको उपस्थितिमा झापाको शिवसताक्षी नगरपालिका–९ स्थित ऐतिहासिक धार्मिकस्थल फल्गुनन्दको जन्मजयन्ती मनाइने जनाइएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यता रहने आयोजक समितिका सहसंयोजक तथा प्रचारप्रसार विभाग संयोजक डिल्लीहाङ इङनामले जानकारी दिएका छन् ।

जन्मजयन्तीको अवसरमा त्यहाँ निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण कार्यक्रम तय भएको उनले बताए ।

त्यसैगरी पान्थरको सिलौटी, लोब्रेकुटी, इलामको माङसेबुङ, चुलाचुली हात्तीलेदा, झापाको विभिन्न माङहिमहरुमा समेत कार्यक्रम भव्यरुपमा हुने जनाइएको छ ।

बि.सं. २००५ सालमा उनको देहान्त भएको थियो । उनको पार्थिव शरीरलाई पान्थरको सिलौटीमा राखिएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन पश्चात बि.सं. २०६६ साल मंसिर १६ गते सरकारले महागुरु फल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

 

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;