माङसेबुङ इक्ला सिजन २ का लागि ८ उत्कृष्ट प्रतियाेगी छानिए

,   लिम्बुवान न्युज
                       

दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ ।

चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक गरिएको हो ।

माङसेबुङ इक्ला सिजन २ का लागि उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, कुमार नेम्बाङ फाल्गुनन्द ४ पान्थर, रोशन लिम्बू, मेरिङ्देन १ ताप्लेजुङ, दिनेश योङ्हाङ फाक्फोकथुम ७ इलाम, श्री कुमार लिम्बू माङ्सेबुङ २, इलाम, तागेरा आङ्देम्बे, फाल्गुनन्द ६ पान्थर, उपेन्द्र लिम्बू मिक्लाजुङ १ सराङ्डाँडा पान्थर र शान्ता फियाक लिम्बु माई नगरपालिका ६ इलाम रहेका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।

प्रतियोगिहरुमध्ये चार चरणको अनलाइन अडिसन पार गरी सेमीफाइनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगिहरुले माङसेबुङमा आयोजना हुने सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताएका छन् ।

पान्जुम्भोका सचिव गुरुङका अनुसार प्रतियोगिताको सेमिफाइनल माङसेबुङमा आगामी मंसिर १८ गते साँझ हुने छ भने, फाइनल मसिंर १९ गते साँझमा आयोजना हुने छ ।

आयोजकका अनुसार यस वर्ष प्रतियोगितामा सहभागि कलाकारहरुले अनलाइन अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डस्एप नम्बरमा भिडियो पठाएका थिए ।

माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो अडिसन अनलाइन मार्फत लिइएको छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा गाएर भिडियो पठाएको आधारमा छनौट गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको आवसरमा आयोजित माङसेबुङ इक्ला गायन प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दिलमति चेम्जोङ र गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहनु भएको छ ।

प्रतियोगिताको आयोजना व्यवस्थापन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ इलामको रहेको छ भने, मूल आयोजकको रुपमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना महान सेवा समारोह रहेको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;