कोशी नाम खारेजी आन्दोलन फाल्गुनदेखि थप शसक्त गर्ने पहिचान पक्षधरकाे चेतावनी

,   लिम्बुवान न्युज
                       


विराटनगर, ४ मंसिर । पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध आइतबार प्रदर्शन गरेका छन् । विराटनगरमा प्रदेश नं. १ पुन नामाङकन संयुक्त संर्घष समितिको आयोजनामा ¥याली सहित विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले अहिले संविधान संशोधन गर्ने तयारी भइरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गरे । निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम परिवर्तन गर्न सकिने भएकाले प्रदेश सभामा दुई तिहाइ मत ल्याएर पहिचान सहितको नाम राख्न सकिने उनको भनाइ छ ।

सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ्, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुती, राष्ट्रिय मुक्ति क्रान्तिका राजेन्द्र महतो, स्वधिन मधेश त्यसैगरी संघर्ष समितिका शिर्ष नेतृत्वहरु केपी पालुङवा, कुमार लिङदेन, ज्ञान बहादुर गुरुङ्, तिलक राई, रमेश राई, लाक्पा शेर्पा, डकेन्द्र सिंह थेगिम त्यसैगरी संघर्ष समितिका संयोजक प्रेम एक्तेनले सम्बोधन गरेका थिए ।

पहिचान पक्षधरहरूले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो । यसैगरी सरकारले प्रदेशको नाम खारेज गरी पुनः नामाङकनको लागि वार्ता र संवाद तथा आव्हान नगरे आगामी फाल्गुन १७ गते देखि प्रदेश सभा अवरुद्ध, आम हड्ताल लगायत शसक्त कार्यक्रमहरु शुरु गर्ने जनाएको छ ।

सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । पहिचान पक्षधरहरूले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो ।

सोमबार विराटनगरमा प्रेसमिट गर्दै संघर्ष समितिले नयाँ चरणको आन्दोलनलाई शान्तिपूर्ण थप शसक्त बनाउने लाने जनाएको छ । पहिचान पक्षधर शक्तिहरुसँग थप छलफल वार्ता गर्दै प्रदेश सरकार र प्रदेशका ८१+३ लाई रोक्ने, कोशी लेखिएका कागजातहरुलाई हटाउने कार्यक्रमहरुलाई निन्तरता दिने समेत विज्ञप्ति मार्फत जनाइएको छ । यसैगरी संघर्ष समितिले २ गते नयाँ चरणको आन्दोलनको खाका समेत प्रस्तुत गरेको छ ।

प्रेस विज्ञप्ति र घोषणा पत्र तल हेर्नुहोस्

 

 

 

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;