नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

,   लिम्बुवान न्युज
                       

तनहुँ।  तनहुँकाे व्यासनगरपालिकामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अाज प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

निषेधाज्ञा तोडेको भन्दै वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताएका छन् ।
बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र नेकपाकाे भातृसंस्था राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा तोड्दै नेता पौडेल अाफ्ना कार्यकर्ताहरूसँग पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो । नेपाली कांग्रेसले प्रहरी प्रशासन नेकपाकाे इशासामा चल्ने भएकाे भन्दै विराेध जनाएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;