सगरमाथा (चोमोलुङमा) को उचाइ ८८४८.८६ मिटर कायम

 लिम्बुवान खबर
                       

काठमाडौं । नेपाल र नेपालीको सान विश्वकै सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)को उचाइ ८६ सेन्टिमिटर बढेको छ । सर्वाधिक चासोको रुपमा नेपाली जनताले लिएको सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर पुगेको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ उचाइ घोषणा गरेसँगै यसले मान्यता पाएको बताएका छन् ।

यद्यपी उचाइ मापन भने नेपाल र चीनले बेग्लाबेग्लै गरेको हो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेर चिनीयाँ समकक्षी प्राविधिक र निर्देशक समिति तहमा नै छलफल गरेको सार्वजनिक गरिएको विभागले जनाएको छ ।

गत मंसिर १० मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको हो तर चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको थियो ।

हालसम्म विश्वले मान्दै आएको उचाइ ८८४८ मिटर सर्वे अफ इन्डियाले सन् १९५४ मा नापेको हो । सगरमाथाको उचाइबारे विवादित अवस्थामा पुगेपछि नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेर हालसम्म सोही उचाइलाई कायम गरिएको थियो । त्यसपछि सन् २०१९ को अक्टोबरमा सगरमाथाको उचाइ नाप्न नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति भएको थियो ।

आदिवासी किरात राईहरुले सगरमाथाको ऐतिहासिक नाम चोमोलुङ्मा मान्छन् । सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेष्टको नाममा माउन्ट एभरेष्ट नामाकरण गरिएको थियो । त्यस पछि सन् १९५६(वि.सं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथा नामाकरण गरेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...