संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मनायो आफ्नो स्थापना दिवस, नेकपा पूर्व केन्द्रीय सदस्य मञ्चमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६औं स्थापना दिवस मनाएको छ । झापा जिल्लाको दुधे बजारमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

दुधेमा आयोजित १६औं स्थापना दिवस कार्यक्रमको उद्घाटन हुनु पूर्व कमल गाउँपालिकाको केर्खाबाट मोटरसाईकल र्याली सहित झापाको दुधेमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महिनौं छलफल र बहस गरी आजभन्दा १५ बर्ष अगाडि मञ्चको स्थापना भएको स्मरण गर्दै एउटा डकुमेन्ट बनाउन पनि धेरै रात नसुतेको बताउनु भयो । “१६ बर्षे दरवियनमा २४औं पल्ट पार्टी फुटाईएता पनि मञ्च बलियो भएर बाँचेको छ”– उनले भने । मञ्चलाई सिध्याउन विभिन्न समयमा अल्मलाएर शसक्त रुपमा अगाडि बढ्न नसकेकोमा दुःख व्यक्त लागेको लिङ्देनले बताउनु भयो ।

मञ्चले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ३० दलीय मोर्चा, मोहन वैद्यको ३३ दलीय मञ्च, उपेन्द्र यादवको संघीय गठबन्धनलाई पनि साथ दिएर आन्दोलनमा होमिएको वताउनु हुँदै त्यति मात्र नभएर जनजाति महासंघको आन्दोलन, किरात याक्थुङ् चुम्लुङ् लगायतले ल्याएको सबै आन्दोलनमासाथ दिएकै हो –अध्यक्ष लिङ्देनले भने । उनले त्यति मात्र होईन थारु आन्दोलन, दलित शिल्पी र खसहरुलाई समेत साथ दिर्दै आएको बताए । दर्जनौं दलितहरुको हत्या भएको, रुकुम जाजरकोटमा भएको ६ जना दलितको जातीय नरसंहारको त्यो घटना यसरी देशका ६० लाख दलितहरु माथि राजाको पालामा, राणाको पालामा, कांग्रेसको पालामा, एमालेको पालामा त्यति मात्र नभएर मधेशमा समेत दलितहरु माथि गरिएको अपमानको ञ्चले त्यसको विरोध गर्दै आएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले संघीय लोकतान्त्रिक गणतन्त्रले मात्र हामीलाई एकजुट बनाउने वताउनु हुँदै दलितहरुलाई वाइपास गरेर देश अगाडि बढ्न नसक्ने बताएका छन् । उनले दलितलाई प्रत्यक्ष आरक्षण कोटा हुनु पर्नेमा जोड दिएका छन् । जब दलितहरुले आफ्नो कोटामा चुनाव लड्न पाउँछन् तब मात्र दलितहरुको मुक्ति सम्भव हुने बताएका छन् ।

कर्णालीमा खसहरुको संघर्ष हेर्दा मुटु फुटेर आउँछ त्यहाँ अहिले पनि जनताहरु तुईनमा झुण्डिएर नदी तर्दै गरेको आफ्नो आँखाले प्रत्यक्ष देखेको छु, त्यहाँ राज्यले खसहरु माथि अझै उपेक्षा गरेको छ । खसहरुलाई राज्यले अन्याय गरेर देश अगाडि बढ्न नसक्ने लिङ्देनले बताएका छन् । पँुजीवाद, समाजवाद, माक्समाद हामी स्वीकारर्दैनौ. देशलाई वचाउन सबैलाई समेटेन एकमात्र सिद्धान्त जसलाई सह–अस्तित्वाद सिद्धान्त भनिन्छ यसले मात्र देश बचाउन सक्ने बताएका छन् । अर्को प्रसंगमा अध्यक्ष लिङ्देनले लिम्बुवानले जातीको नाममा र धर्मको नाममा कहिल्यै ढुंगा नहानेको लिम्बुवान आन्दोलनलाई साझा आन्दोलनको रुपमा अगाडि बढाएको बताएका छन् । त्यसैगरी चुनावमा अपेक्षा गरेको मत नआएपनि कुनै लपनछपन नगरी मञ्च अगाडि बढेको बताउने अब सबै प्रदेशमा मञ्च केही महिनामा पुग्ने तयारी गरिरहेको हुँदा सामाजाकि संजाल फेसबुक टुवीटरमा पछ्याउन सबैलाई आग्रह गर्नु गरेका छन् । ‘संघीय मञ्च सबैको साझा फुलबारी भएको हुँदा मेची देखि कालीसम्म अगाडि बढिसकेको छ’– उनले भने ।

१५ बर्ष अगाडि जन्मिएको यो पार्टी बिचमै आन्दोलन छोडेर जान्छकी भन्ने डर थियो होला तर अब हामी नभाग्ने देशको मुक्तिको लागि साच्चै लागेको पार्टी हो । यतिबेला देशैभरी खुकुरी चुनावको माग भईरहेकोले १५ बर्षमा मञ्च राजनीति परिपक्व भईसकेको लिङ्देनले बताए । मञ्चले चाडैने कोरोनाका वावजुद चुनावी घोषणापत्र प्रकाशन गरी देशव्यापी संगठन निर्माणमा निस्कन लागेको अध्यक्ष लिङ्देनले बताएका छन् ।

कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा शुभकामना मन्तव्य दिनुहुँदै खसान संघर्ष समितिका उपाध्यक्ष रघुवीर सिंह ठगुन्ना हजारौं बर्षसम्म लिम्बुवान र खसान बिच लिखित मोर्चाबन्दी गर्दै एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रतिबद्धताका साथ सुदुरपश्चिमबाट सुदुर पूर्वमा आएको बताएका छन् ।
त्यसैगरी कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, नन्दु विष्ट, महासचिव शान्ता योङहाङ्, उपमहासचिवहरु दिल कुमार लावती, भानु भट्टराई, इन्दीरा मेन्याङ्, दलित शिल्पी मञ्चका उपाध्यक्ष बलराम सदा, शर्मिला बागचन्द, लिम्बुवान मञ्चका सचिव राजु राई, विष्णु भट्टराई, सचिवलय सदस्य भक्त मेन्याङ्बो, केन्द्रीय सदस्य किरण लिङ्देन, विद्यार्थी नेता मोहन मावो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष धन बहादुर पन्धाकको अध्यक्षतामा भएको थियो भने शिवसताक्षी नगर समितिका अध्यक्ष प्रकाश लिङ्देनको स्वागत मन्तव्य र जिल्ला सचिव राज आङ्थुपोले संचालन गरेका थिए ।

कार्यक्रममा पूर्व नेकपा माओवादीका केन्द्रीय सदस्य शिवसताक्षी नगरपालिका वडा नं. ११ का गणेश भित्रीकोटी विधिवत रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । वि.सं. २०२९ साल देखि निरन्तर कम्यूनिष्ट राजनीतिमा लागियो तर दलित समूदाय प्रति हालसम्म पनि कुनै अवसर र नीति परिवर्तन नभएपछि अन्ततः नेकपा त्याग गरेको उनले बताएका छन् । त्यसैगरी सोही नगरपालिकाका विभिन्न पार्टी परित्याग गरी दुई दर्जन भन्दा बढीले मञ्चमा प्रवेश गरेका छन् ।

आज मञ्चले विभिन्न जिल्लाहरु र प्रवासमा समेत १६औं स्थापना दिवस भव्य रुपले मनाएको जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;