शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न भएको हो ।

दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर र महासचिव शर्मिला वागचन्दको विशेष उपस्थितिमा आज दुधेको सैनिक भवनको प्राङगणमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन दलित अगुवा लगायत महानुभावहरु संघीय मञ्चमा प्रवेश गरेका छन् ।

गणेश भित्रीकोटीको अध्यक्षतामा २३ सदस्यीय संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको लिम्बुवान मञ्चका केन्द्रीय सचिव राजु राईले जानकारी दिएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा प्रमिला बराइली, उपाध्यक्षहरुमा मिना बिक, इन्दीरा दर्नाल, सचिवमा दिनेश सिवा, सहसचिवमा धनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा चन्द्र बि.क., सदस्यहरुमा क्रमशः प्रताव बिक, लीलाकुमारी सिवा, कुमार बिक, विष्णु लुवागुन, कोपिला बर्देवा, कमला विश्वकर्मा, सरोज बराइली, विष्णु दर्जी, सकल देव ठाकुर, दीप आर्ट, चन्द्र बिक, जय सिं नेपाली, शरण बहादुर बिक, याम रसाइली र अन्जु नेपाली रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका उपाध्यक्ष इम्बुङ्ले निर्वाचित समितिलाई बधाई ज्ञापन गर्नुहुँदै अबिर लगाई कार्यसफलताको शुभकामना तथा बधाई दिनु हुँदै पहिचान र सहअस्तित्वको यात्रामा दलित शिल्पीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भएको हुँदा राजनीति मुद्दामा केन्द्रित भई आफ्नो मुक्तिको लागि राज्यसँग लड्ने प्रेरणा मञ्चले दिने बताएका छन् ।

कार्यक्रममा लिम्बुवान मञ्चका सचिव तथा एल.भी. प्रवक्ता राजु राई, सचिवालय सदस्य सुख बहादुर थेगिम, संघीय सदस्य चन्द्र कन्दङ्वा, नन्दु मेन्याङ्बो, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

(तस्वीरः शर्मीला वागचन्दकाे फेसबुकबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...