किराना पसलमा आगलागी हुँदा डेढ केरोड बराबरको क्षति

 लिम्बुवान न्युज
                       

मोरङ। मोरङको सुनवर्सी नगरपालिका–२ अमरदह बजारको पारस किराना पसलमा आगलागी हुँदा करिब १ करोड ५० लाख मुल्य बराबरको धन क्षति भएको छ ।

आज बिहान राती २ बजे पारस साहद्वारा संचालन उक्त किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट भएको प्रहरीेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकलको मद्दतका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा आएको जनाएको छ ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...