दमक अस्पताल आगलागी छानविन समितिको प्रतिवेदन सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो ।

घटनाका बिषयमा विस्तृत अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न दमक नगरपालिकाले दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, बिद्युत, औषधि सम्बन्धिका जानकार तथा अनुभवीहरु सम्मिलित एक छानबिन समिति गठन गरेको थियो ।

दमक अस्पताल सञ्चालक समितिले आज संक्षिप्त कार्यक्रम बीच सो सम्बन्धि घटनाको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यक्रममा अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले अस्पताल भवनमा आगलागी हुनुका सम्भावित कारणहरु मध्ये अस्पताल भवनमा अर्थिङ नहुनुलाई औंल्याएको बताइन । अर्थिङ नभएको अवस्थामा बिद्युत भोल्टेज नियन्त्रणका लागि स्टेव्लाइजर समेत नभएका कारण अचानक बिद्युतीय कारणबाट सो घटना हुन पुगेको पनि औंल्याइएको छ । त्यस्तै एमसीबीको क्षमतालाई पनि कारणका रुपमा लिइएको छ ।
सो घटनाको छानबिन गर्न बनेको समितिका अतिरिक्त सम्बद्ध सबै पक्षलाई उपप्रमुख अधिकारीले धन्यवाद दिइन ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार आगलागीमा करिब ६० लाख बराबरको औषधि तथा औषधिजन्य विभिन्न सामग्रीहरु परेकोमा करिब २८ लाख ७८ हजार मुल्यको सामाग्री पुनः प्रयोगमा ल्याउन नसकिने गरि नष्ट भएको उल्लेख गरिएको छ । आगलागीमा सर्जिकल सामग्री, बीमा सुविधा अन्तर्गत प्रदान गरिने औषधि, निशुल्क प्रदान गरिने औषधि, विभिन्न इलेक्ट्रीकल्स सामाग्रीहरु, कोभिड १९ सम्बन्धिका सामग्रीहरु लगायत क्षति भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा आगामी त्यस किसिमको जोखिम हुन नदिन अस्पतालमा विभिन्न सामाग्रीहरुलाई अलग–अलग ठाउँमा व्यवस्थापन तथा भण्डारण गर्ने व्यवस्था मिलाउन र प्राविधिक रुपमा जोखिममुक्त संरचना निर्माण गरिनुपर्ने सुझाव समेत दिइएको छ ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राई, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य होम बहादुर थापासहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...