शिवसताक्षी ७ र ८ मा युमा साम्यो महासभा संयुक्त वडा तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

दमक। झापाको शिवसताक्षी वडा नं. ७ र ८ को संयुक्त रुपमा युमा साम्यो महासभा नेपालको एक तदर्थ वडा समिति गठन भएको छ । झिलझिले सिर्जना चौकमा तुतु तुम्याहाङ् भगिश्वर मेन्याङ्बोको प्रमुख आतिथ्यतामा युमा साम्यो महासभाको तदर्थ समिति गठन भएको हो ।

याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन आप्लुङ ताङ्सेप (संरक्षण) गर्नका लागि युमा साम्यो महासभा नेपाल शिवसताक्षी वडा ७ र ८ को समितिमा अम्बिका मेन्याङ्बोको अध्यक्षतामा एक संयुक्त तदर्थ समिति गठन गरिएको छ । त्यसैगरी साे सिमितकाे उपाध्यक्ष हर्क इजम, सचिव विरुहाङ मेन्याङ्बो, सह–सचिव पदम इजम, कोषाध्यक्ष आइत मेन्याङ्बो, सह–कोषाध्यक्ष मनु नाल्बो छन् । सदस्यहरुमा क्रमशः विजय इजम, हर्कबहादुर चङ्सु, मनोज साम्सुहाङ, कल्पना मेन्याङ्बो, सागर मेन्याङ्बो, मबिन इजम र बिसन साम्सुहाङ चयन भएका छन् ।

साथै सो कार्यक्रमले सल्लाहकार (तुम्याहाङ)को संयोजकमा भगिश्वर मेन्याङ्बो, सदस्यहरुमा शिवकुमार मेन्याङ्बो, होम इजम, छत्रबहादुर पालुङ्वा र सुकबहादुर इजम चयन गरेका छन् । समितिको संरक्षकमा दिलसिंह मेन्याङबो (हाल युके) रहनु भएको छ ।

उक्त कार्यक्रममा अतिथि एवं वक्ताका रूपमा युमा साम्यो महासभा नेपालका केन्द्रीय प्रतिनिधिहरूः भीमसेन लिङदम, आइत खजुम, योबाहाङ तुम्बाहाङ्फे, सुनसरी जिल्ला अध्यक्ष नेत्रप्रसाद सौदेन, मेन्याङ्बो कल्याण संघका अध्यक्ष दिपक मेन्याङ्बो, युमा साम्यो झापा जिल्ला अध्यक्ष टेकबहादुर योङहाङ, याक्थुङ भाषाप्रेमी एवं समाजसेवी अशोक नेम्बाङ, मुन्धुम अध्येता जितेन्द्रराज चेम्जोङ, स्थानीय जनप्रतिनिधिद्वयः वडा नं. ७ का वडाध्यक्ष जीवन इजम र वडा नं. ८ का वडाध्यक्ष केहरसिंह बस्नेत रहेका थिए ।

युमा साम्यो शिवसताक्षी नगर समितिका अध्यक्ष सुरज लक्समको सभापतित्वमा भएको उक्त कार्यक्रम युमा धर्म सम्बन्धी गीतहरूमा स्थानीय कलाकारहरूद्वारा तयार पारिएका नृत्यहरू र येबाहरूद्वारा येबालाङ प्रस्तुत गरिएका थिए ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...