कांग्रेसद्वारा सबै निर्वाचन क्षेत्रमा ओली सरकारको असंवैधानिक कदमको विरोध

 लिम्बुवान न्युज
                       

दमक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रहरुमा प्रदर्शनसहित विरोध सभा गरेको छ । केपी ओली सरकारको असंवैधानिक, आलेकतान्त्रिक र प्रतिगमनकारी कदमको विरोध गर्दै कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसका सभापति शेरवहादुर देउवाले अदालतको निर्णय आफूले नमान्ने बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएकोले हामीले देशव्यापी आन्दोलन गरेको बताए । धम्काएर प्रतिनिधिसभा विघटन गरेको नमान्ने बताएका छन् ।

अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका न्यायधिसलाई राम्रोसँग संविधान पढ्न आग्रह गरेका छन् । उनले –प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधान मिचेको आरोप लगाएका छन् ।

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित झापा क्षेत्र नं ५ को क्षेत्रीय विरोध सभा दमक चोकमा सम्पन्न भएको छ । सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिष्ट पार्टीलाई जनताले देश चलाउन दिएको पाँच बर्षको म्याण्डेडको अपमान गरेको टिप्पणी गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस संघर्षका कार्यक्रमहरु लिएर सडकमा आएको बताए ।

डा. रिजालले केपी ओली मात्रै नभएर कम्युनिष्ट पार्टीका प्रचण्ड, माधवकुमार कोही पनि अहिलेको यो दुर्भाग्यपूर्ण, अलोकतान्त्रिक कदमको साक्षी भएको तर्क गर्दै भने– उहाँहरुको पदीय लोलुप्ताको शिकार आम नेपाली जनता हुन सक्दैनन ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो सभालाई कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईले कम्युनिष्ट पार्टीका नेताहरुको स्वार्थका कारण मुलुकमा भएको उपलब्धि गुम्न दिन नहुने कुरामा आम नेपाली जनता सचेत रहनुपर्ने औंल्याए । कांग्रेसले आयोजना गरेको सो विरोध सभामा सहभागी हुन गौरीगञ्ज, गौरादह, कमल लगायतका ठाउँबाट सयौं कार्यकर्ताहरु संसद पुनस्र्थापनाको मागसहित कम्युनिष्ट पार्टीको सर्वसत्तावादका विरुद्ध चर्को नाराबाजी गर्दै आएका थिए ।

कांग्रेस झापा क्षेत्र नं. ५ ले आफ्नो पार्टी कार्यालयबाट ¥याली सहित गणतन्त्र चोकमा पुगेर विरोध सभा गरेका थिए ।

 

 

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...