याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र

 लिम्बुवान न्युज
                       

दमक। मच्छिन्द्र कुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ ।
यहाँ स्थित किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक कमन देवानले दिएको जानकारी अनुसार समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टेकबहादुर देवान, टिकाराज देवान, राजेश देवान र विष्णु थायुम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः टंक लुम्बा, परिना देवान, भद्रिका जिमी सोम्याङ र रामकुमार याक्खा छन् ।

अधिवेशन उद्घाटनशत्रमा बोल्दै छुम्माका केन्द्रीय उपाध्यक्ष लहरु जिमीले याक्खा पहिचानलाई संस्थागत गर्न आपसी एकतालाई जोड दिएर लाग्नुपर्ने बताइन् । उनले भनिन् –“राष्ट्रिय जनगणना आउँदैछ, हामीले जनगणनामा आफ्नो जाती, मातृभाषा, संस्कृति र धर्मलाई ध्यान दिनुपर्छ ।”

छुम्माका केन्द्रीय सदस्य कमन देवानले याक्खा पहिचान सुनिश्चितताको लागि याक्खालेन स्वायत्त भूमि प्राप्तिको राजनीतिक मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे ।

किरात राई यायोक्खाका केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङले बाहुन मगन्ते जात भएकोले बाहुनले राज्य कब्जा गरेपछि अरुलाई अधिकार दिन नचाहेको आरोप लगाए । त्यस्तै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङले युद्ध नायक काङसोरे समेत याक्खाकै दरसन्तान हुन् भन्दै याक्खा जातिले आफ्नो वीरतापूर्ण इतिहासलाई भूल्न नहुने सुझाव दिइन् ।

कार्यक्रम छुम्मा झापाका कार्यबाहक अध्यक्ष टेकबहादुर देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...